×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सामलिङ्ग पावर कम्पनीले १२ करोड ३० लाख रुपैयाँको १२ करोड ३० लाख कित्ता बिक्री गर्ने, धितोपत्र बोर्डले दियो अनुमति !

PRIME CA
GLOBAL IME BANK

सामलिङ्ग पावर कम्पनीले १२ करोड ३० लाख रुपैयाँको १२ करोड ३० लाख कित्ता बिक्री गर्ने, धितोपत्र बोर्डले दियो अनुमति !

४ श्रावण २०७८, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । नेपाल धितोपत्र बोर्डबाट सामलिङ्ग पावर कम्पनीले आइपीओ बिक्रीका लागि अनुमति पाएको छ । बोर्डले कम्पनीलाई आयोजना प्रभावित क्षेत्रका बासिन्दा र सर्वसाधरणलाई १२ करोड ३० लाख रुपैयाँ बराबरको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) बिक्रीको अनुमति दिएको हो ।
कम्पनीले प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँको दरमा १२ करोड ३० लाख रुपैयाँ बराबरको १२ लाख ३० हजार कित्ता आइपीओ जारी गर्ने भएको छ । कम्पनीले इलाम जिल्लामा निर्माणाधिन माईबेनी जलविद्युत आयोजना (९.५१ मे.वा) २०२० डिसेम्बरसम्ममा सम्पन्न गर्ने लक्ष्य राखेको छ ।
कम्पनी स्थापनको तीन वर्षभित्र उर्जा डेभलपर्सले ग्रुप कम्पनी मार्फत अन्य दुई जलविद्युत आयोजनाको पनि निर्माण गरिरहेको छ । आईपीओ बिक्रीका लागि कम्पनीले नेपाल एसबिआई मर्चेण्ट बैकिङ्गलाई बिक्री प्रबन्धक तथा सेयर रजिष्ट्रारमा नियुक्त गरिसकेको छ । कम्पनीको आइपीओलाई इक्रा नेपालले ‘इक्रा एनपि डबल बी माइनस’ रेटिङ प्रदान गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: