काठमाडौं। ललिपुरको भैँसेपाटीमा सानिमा बैंक लिमिटेडले नयाँ शाखा बिस्तार गरेको छ । कोभिड -१९ को मापदण्डको पालना गर्दै बैंकका ब्रान्ड प्रबन्धक कलाकारहरु मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) ले नयाँ शाखाको उद्घाटन गरेका हुन् ।
सो अवसरमा मह जोडीले ललितपुरको भैंसेपाटीमा सानिमा बैंकको कार्यालय संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे ।
यस्तै सानिमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तेज बहादुर चन्दद्वारा बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे ।