×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पैसा ठिक पार्नुस् है ! साउन २० गतेदेखि सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको ६० लाख कित्ता आइपीओ बिक्रीमा आउँदै

PRIME CA
GLOBAL IME BANK

पैसा ठिक पार्नुस् है ! साउन २० गतेदेखि सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको ६० लाख कित्ता आइपीओ बिक्रीमा आउँदै

१२ श्रावण २०७८, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सको पनि साउन २० गतेबाट ६० लाख कित्ता आइपीओ बिक्रीमा आउने भएको छ । कम्पनीले उक्त दिनबाट प्रतिकित्ता १०० रुपैयाँको दरले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आइपीओ बिक्रीमा ल्याउने भएको हो ।
जसमा ३ लाख अर्थात् ५% सेयर कर्मचारी र ३ लाख अर्थात् ५% सेयर म्युचुअल फन्डको लागि छुट्याएको छ भने बाँकी ५४ लाख कित्तामा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत आइपीओ भर्न सक्नेछन् ।
आइपीओ बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्नेछ । लगानीकर्ताले साउन २४ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त समयमा आइपीओ बिक्री नभएमा भदौ २ गतेसम्म आइपीओ निष्कासन खुला हुनेछ । कम्पनीको आइपीओलाई केयर रेटिङ नेपालले ‘केयर एनपी बीबीबी’ माइनस अर्थात ट्रिपल बी माइनस रेटिङ दिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: