×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सानिमा बैंकद्धारा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई आर्थिक सहयोग, सुविधायुक्त अस्पताल निर्माण गर्ने लक्ष्य

GLOBAL IME BANK
SHREE KESH

सानिमा बैंकद्धारा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई आर्थिक सहयोग, सुविधायुक्त अस्पताल निर्माण गर्ने लक्ष्य

१५ श्रावण २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सानिमा बैंकले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ किओच लाई आर्थिक सहयोग गरेको छ । बैंकले बाल अस्पताल निर्माणका लागि उक्त चाइल्ड हेल्थलाई आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत १ करोड रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

सो सम्बन्धी दुई संस्थाबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थको तर्फबाट डा. भगवान कोइराला र सानिमा बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत तेज बहादुर चन्दले हस्ताक्षर गरेका हुन् । बालबालिकाहरुलाई अत्यावश्यक स्वास्थ्य सेवा प्रदान गर्नको लागि काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थले राजधानी काठमाडौं लगायत सबै प्रदेशमा सुविधायुक्त अस्पताल निर्माण गर्ने लक्ष्य राखेको छ ।

सानिमा बैंकको हालसम्म ८६ वटा शाखा संजाल, १८ विस्तारित काउन्टर तथा ९६ वटा एटीएम रहेका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: