×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धितोपत्र बोर्डका अध्यक्षको ‘हर्कत’ : छोरीको नाममा यसरी हत्याए सर्वोत्तमको ‘गोल्डेन सेयर’ ! (प्रमाणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

धितोपत्र बोर्डका अध्यक्षको ‘हर्कत’ : छोरीको नाममा यसरी हत्याए सर्वोत्तमको ‘गोल्डेन सेयर’ ! (प्रमाणसहित)

Artha Sarokar

१३ श्रावण २०७८, बुधबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौँ । पछिल्लो समय अनेक काण्डका बीच सर्वाधिक विवादमा तानिएका नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले स्वार्थ बाझिने गरी सर्वोत्तम सिमेन्टको सेयर छोरीका नाममा किनेको खुलासा भएको छ। सर्वोत्तम सिमेन्टको प्राथमिक निष्कासन हुनु अगावै कम्पनीको सेयर ‘गोल्डेन सेयर’ हत्याएको तथ्य फेला परेको हो । उनले व्यक्तिगत लाभका लागि स्वार्थ बाझिने गरी आफ्नी छोरी रेबिका ढुंगानाको नाममा सर्वोत्तमको सेयर ‘गोल्डन सेयर’  राखेको तथ्य फेला परेपछि अहिले यो विवाद सतहमा आएको छ । यसअघि पनि ढुंगानाले ठुलो भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परिसकेको छ ।
कम्पनीको पछिल्लो सेयरवाला दर्ता किताबका अनुसार रेबिका ढुंगानाको नाममा ४०३३९१८९ देखि ४०३५११०० सम्मको ११ हजार ९१२ कित्ता सेयर छ । नेपाल धितोपत्र बोर्डका बोर्ड सदस्यको आचारसंहिता २०७४ ले ‘बोर्ड सदस्यले (अध्यक्षसहित) बोर्डबाट अनुमति प्राप्त धितोपत्र व्यवसायी, सूचीकृत संगठित संस्था तथा कारोबारमा आफ्नो पद र नाम दुरुपयोग गरी कुनै पनि किसिमको व्यक्तिगत तथा पारिवारिक फाइदा हुने क्रियाकलापमा संलग्न हुनु हुँदैन’ भन्ने उल्लेख छ । तर अध्यक्ष ढुंगानाले पदिय मर्यादालाई भुलेर आफ्नो स्वार्थका कार्य गरेको भेटिएको छ ।
 
हेर्नुहोस् ढुंगानाकि छोरीका नाममा कम्पनीमा सेयर भएको प्रमाण :
यता ढुंगानाले भने विदेश बस्ने छोरीका नाममा सेयर रहेको स्वीकारेका छन् । उनी विवाहित छोरीले अमेरिकाबाट पठाएको पैसाले सेयर किन्न कुनै कानूनले नरोकेको बताउँछन् । उनका अनुसार सो सेयर उनले अमेरिकाबाट छोरीले पठाएको पैसाले किनेका हुन् । तर धेरैको तर्क भने उनले सो सेयर गोल्डेन सेयरका रुपमा हत्याएका हुन् ।
‘किनेको जस्तो देखाइएको मात्र हो । कम्पनीलाई हरेक काममा सहज बनाउन भन्दै अध्यक्षज्यूले गोल्डेन सेयर भन्दै सित्तैमा उक्त सेयर हत्याएका हुन् । यता चेक काटेजस्तो गर्ने अनि उताबाट क्यास लिएर कानुनमा ठिक गरेजस्तो देखाउने तर यथार्थमा घुसका रुपमा सेयर लिने काम भएको छ ।’ घितोपत्र बोर्डका एक उच्च अधिकारीले भने, ‘केपी ओलीको सरकार हुँदा त उनले जति घुस खाँदा पनि कसैले केहि गर्न सक्ने अवस्था थिएन । अव सरकार पनि परवर्तन भएको छ।  अख्तियारमा पनि उजुरी गएको छ।  केहि हुन्छ कि ?’ उनले भने । उनका अनुसार अलिकति पनि नैतिकता भएमा अध्यक्षले राजीनामा दिनुपर्छ। ‘अनुसन्धानका लागि भएपनि अध्यक्षले यस्तो कुरा बाहिरिएपछि राजीनामा दिनुपर्थ्यो । तर कुर्सीमा बसेर खान पल्किएका हाम्रा अध्यक्षले त्यसो गर्नुहुन्छजस्तो मलाई लाग्दैन। ‘
सर्वोत्तमले ६० लाख कित्ता सेयर बुक बिल्डिङमार्फत आइपीओ जारी गर्न लागेको छ । आगामी २० साउनमा निष्कासन गर्नको लागि भन्दै कम्पनी अनुमतिका लागि धितोपत्र बोर्ड पुगेको छ । सेयर निष्कासनका लागि गत ४ चैतमा कम्पनीले ग्लोबल आईएमई क्यापिटललाई बिक्री प्रबन्धकका रूपमा नियुक्त गर्न सम्झौता गरिसकेको छ । यसअघि पनि कम्पनीले गैरकानुनी कामको खुलेआम प्रदर्शन गरेको काममा पनि धितोपत्र बोर्डका सहप्रवक्ता अथिति भएर गएका थिए । धितोपत्र निर्देशिका विपरित कामको प्रदर्शन गरिएको कार्यक्रममा धितोपत्र बोर्डकै सहप्रवक्ता अथिति भएर गएको र यसतर्फ उनको ध्यानाकर्षण किन भएन वा कानुन विपरित काम गर्दा पनि कम्पनीलाई किन कारवाही गर्ने आँट गरिएन भन्दै धितोपत्र बोर्डको चौतर्फी आलोचना भएको थियो । अहिले आएर उक्त कम्पनीप्रति किन बोर्ड झुकिरहेको छ भन्ने तथ्य बुझ्नेगरी बाहिरिएको छ ।
यसको चौतर्फी आलोचना बढेपछि अर्थ मन्त्रालयले पनि चासो देखाएर स्पष्टिकरणका लागि उनलाई बोलाएको छ । यसो त उनलाई पदबाट बर्खास्त गर्नेगरी छलफल अगाडी बढेकोसमेत बुझिएको छ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रति्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी