Skip to content
LAXMI SUNRISE BANK

१४ दिन कैद र ९२ लाख रुपैयाँ जरिवाना तोकिएका एक प्रतिवादी सिआईबीको नियन्त्रणमा

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । बैंकिङ कसूर मुद्दामा फरार रहेका एक प्रतिवादी पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो(सिआईबी)ले बैंकिङ कसूर मुद्दाका फरार एक प्रतिवादीलाई पक्राउ गरी अदालतमा बुझाएको हो । 
उनीमाथि उच्च अदालत पाटनको फैसलाले १४ दिन कैद र ९२ लाख रुपैयाँ जरिवाना ठहर गरेको थियो । सिआईबीले सो कसुरमा फरार हुँदै आएका मोरङ घर भई काठमाडौँको बालाजु बस्ने शक्ति भुजेललाई आज पक्राउ गरेको हो ।भुजेललाई काठमाडौँको बोहोराटारबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि ललितपुर जिल्ला अदालतमा पेश गरिएको सिआईबीले जनाएको छ ।
भुजेल विसं २०७६ मा विभिन्न व्यक्तिलाई अष्ट्रेलिया पठाइदिन्छु भनी रकम लिएको र पर्याप्त मौज्दात नहुँदानहुँदै पनि पीडितलाई चेक काटेर दिएका थिए । उनले दिएका चेक बाउन्स भएकाले बैंकिङ कसूर तथा सजाय ऐन अन्तरगत सजाय हुने फैसला भएको थियो ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK