- राजेश कार्की/अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सेयर बजारको प्रदर्शनका आधारमा देशको अर्थव्यवस्था बुझ्न सकिन्छ तर आज पनि हाम्रो देशमा थोरै मानिसले मात्र सेयर बजारको गणित बुझ्दछन् । आममानिसको दिमागमा अझै पनि यो धारणा छ कि सेयर बजार एउटा जुवा हो वा सेयर बजार सबैका लागि हैन । यो पूर्ण रूपमा गलत हो ।
सेयर बजारलाई राम्रोसँग बुझेर यसमा लगानी गरे हामी सेयर बजारबाट करोडपति बन्न पनि सक्दछौँ। अन्य कुनै पनि व्यवसाय समान सेयर बजार पनि एक लोकप्रिय व्यवसाय हो। यदि हामीले लगानी गर्नुअघि राम्रोसँग अध्ययन अनुसन्धान गरेमा, सेयर बजारारे कुनै कोर्स गरेमा वा यसका लागि राम्रो प्रशिक्षण लिएको खण्डमा भने जोखिमलाई धेरै नै कम गर्न सकिन्छ र नाफालाई दोब्बर गर्न सकिन्छ। तसर्थ, सेयर बजारमा राम्रो प्रतिफल प्राप्त गर्न का लागि सेयर बजारमा हुने जोखिमलाई विश्लेषण गर्न जान्नुपर्दछ र हामीले यो पनि थाहा पाउनुपर्दछ कि सेयर बजारले हामीलाई अन्य लगानीभन्दा बढी रिटर्न दिन्छ तर यो सेयर बजारमा लाग्ने प्रत्येक व्यक्तिलेपहिले सेयर बजारको गणित बुझ्न जरुरी छ।
किनभने अक्सर हामीले सुनेका छौँ कि कहिले सेयरको मूल्य माथि जान्छ र कहिले यो तल झर्दछ। कमाउनेले पनि निकै कमाउने र गुमाउनेले पनि एकैपटक निकै नै गुमाउने हुँदा धेरै विचार गर्नुपर्ने हुन्छ । गुमाउनेले आत्महत्या समेत गरेका घटनाहरु पत्रपत्रिका वा टीभी न्यूज च्यानलमा प्रस्ट रूपमा देख्न पाइन्छ। आउनुहोस् आज हामी सेयर बजारको गणितका बारेमा बुझौँ।
सेयर बजारको गणित कसरी बुझ्ने ?
सेयर बजार एक लाभदायक क्षेत्र हो, जहाँ राम्रो प्रफिटको सम्भावना रहन्छ। यदि हामी सही अध्ययन वा अनुसन्धान गरेर यो बजार मा जान्छौँ भने हामी छोटो समयमा पनि राम्रो पैसा कमाउन सक्दछौँ तर यहाँ सबैभन्दा महत्वपूर्ण कुरा यो हो कि हामी पहिले सेयर बजारको गणित सम्बन्धित सबै अवधारणाहरुका बारेमा स्पष्ट हुनुपर्दछ।सेयरको मतलब इकाइ हो। जब ठूलो कम्पनीले व्यवसाय सुरु गर्दछ तब त्यो कम्पनीले सर्वसाधारणलाई थप पुँजी वृद्धि गर्न सेयरहरु प्रस्ताव गर्दछ। यस तरिकाले कुनै पनि साधारण व्यक्तिले सेयर किन्न र त्यो कम्पनीमा आफ्नो हिस्सेदारी राख्न सक्दछ। यसलाई प्राविधिक रूपमा सेयर होल्डर भनिन्छ। यद्दपि हामीले सेयर र स्टकबीचको आधारभूत भिन्नता पनि बुझ्न आवश्यक छ। सेयर भनेको एक कम्पनीको स–सानो इकाइ हो, जसले सेयर होल्डरको स्वामित्वलाई दर्सौंउँछ। अर्कोतर्फ एक कम्पनीमा सेयरधारकहरुको सेयरको एक समूहलाई स्टकको रूपमा परिभाषित गरिन्छ।
जब हामीले सेयर बजारको गणित बुझ्न चाहन्छौँ भने हामीलाई सबै आधारभूत भिन्नताहरु थाहा हुनुपर्छ।अब सेयर बजारको गणित सरल शब्दहरुमा व्याख्या गरौँ। मानौँ तपाइँसँग बजारमा एउटा पसल छ। तपाइँको पसलको कुल मूल्य रु. १ लाख हो। यो पसलले अझ विस्तार गर्न लागि अब तपाइँसँग आफ्नै पैसा छैन। तपाईंले बजारका केही मानिसलाई पसल विस्तारका लागि मद्दत माग्नुभयो र पसलको आफ्नो केही अंश बेच्नुभयो। अब बजारका मानिसहरुले तपाइँको पसलमा रु. १०० प्रतिसेयरका दरमा खरिद गरे। अब जब तपाइँले नाफा कमाउनुहुन्छ तब एक सेयरको मूल्य रु. १०० रुपैयाँभन्दा बढ्छ र नाफाको दर एक अंशले वृद्धि हुन्छ। यसरी नै सेयर बजारको गणितले कार्य गर्दछ।
तपाइँलाई एक वास्तविक उदाहरणको माध्यमबाट सेयर बजारको गणित सम्झाएको छु। आउनुहोस् यो बजार कसरी काम गर्दछ बुझौँ।
सेयर बजारको गणितबाट कसरी कमाउने ?सेयर बजारको सही गणना गरेरमात्र राम्रो कमाइ गर्न सकिन्छ तर यसका लागि सेयर बजारको गणित बुझ्न आवश्यक छ। हामी केवल अन्दाज, अनुमान वा कसैले दिएको टिप्सको भरमा पैसा कमाउन सक्दैनौँ। हामीले लगानी गर्नका लागि सेयर बजारमा एक रणनीति बनाएर काम गर्नुपर्दछ। त्यसकारण कुनै पनि कम्पनीमा पैसा लगानी गर्नुअघि विस्तृत अनुसन्धान गर्नुपर्छ। यसका लागि कम्पनीको व्यवसाय मोडल, ब्यालेन्ससिट, कम्पनीको अध्यक्ष, व्यवस्थापन समूह, यसको उत्पादनहरु, विगतका रेकर्डसहित सबै आवश्यक जानकारीहरु हेर्नुपर्दछ।
यसका साथै हामीले सेयर बजारको नियमलाई पनि ध्यान दिनुपर्छ। अब सेयर बजारको गणित बुझ्न केही नियमहरुको कुरा गरौँ।
सेयर बजार गाइडप्रायः धेरै मानिसले सेयर बजारमा पैसा गुमाउँछन्। यसको पछाडिको मुख्य कारण पूर्ण जानकारीको अभाव हो। फन्डामेन्टल विश्लेषण होस् या टेक्निकल नेपालमा चल्दैन वा सेयर बजारमा पैसा आजको भोलिमै डबल हुन्छ भन्नेजस्ता मिथक बजारमा कायम छ। सेयर बजारलाई जुवा मान्दै पैसा लगानी गर्ने त्यस्ता व्यक्तिलाई सधैँ घाटा हुन्छ। हामीले सेयर बजारको गणित बुझ्न यी मिथकदेखि टाढा रहनुपर्दछ।
सधैँ तर्क र विवेक, अध्ययन र अनुसन्धानअनुसार बजारमा लगानी गर्नुहोस्। आउनुहोस् हामी केही महत्वपूर्ण बुँदाहरुबारे बुझौँ ।
सेयर बजार नियमहरु
सामान्यतया धेरै लगानीकर्ता बजारमा लगानी गर्न डराउँछन्। यस्ता लगानीकर्ताको दिमागमा प्रश्न भनेको कहाँ लगानी गर्ने, कसरी लगानी गर्ने र कुन बेला लगानी गर्ने भन्ने हो। यसका लागि सेयर बजारसम्बन्धी ज्ञान कसरी सिक्नेजस्ता प्रश्नहरुका बारेमा सोच्न आवश्यक छ।केही नियमहरु तल दिइएका छन्
सही योजना : हामीले लगानी गर्नुअघि सही योजना बनाउनुपर्छ। यसमा लगानी लक्ष्य, जोखिम लिने क्षमता, तपाइँको पुँजी, आदिलाई ध्यान मा राखी एक विस्तृत रणनीति बनाउनु पर्दछ।
कम पुँजीबाट सुरु : यदि तपाइँ सोच्नुहुन्छ कि केवल तपाइँले कति पैसा स्टक बजारमा लगानी गर्नुपर्छ वा तपाइँलाई सेयर बजारमा लगानी गर्न कम्तीमा कति पैसा चाहिन्छ भनेर थाहा छैन भने तपाइँ एक्लो हुनुहुन्न, यो धेरै मानिसहरुको समस्या हो।
नयाँ लगानीकर्ताले सधैँ कम पुँजीबाट सुरु गर्नुपर्दछ। यसले हामीलाई ठूलो जोखिमबाट बचाउनेछ र हामीले एकैचोटी आफ्नो सम्पूर्ण जम्मा पुँजी गुमाउने छैनौँ।
सेयर बजारको पूर्ण ज्ञान : कुनै पनि व्यवसायमा लगानी गर्नुअघि त्यस व्यवसायका बारेमा उचित अध्ययन गर्नु पर्दछ। यसबाट बजारसँग सम्बन्धित जोखिमलाई धेरै कम गर्न सकिन्छ। यसका लागि हामीले सेयर बजार सम्बन्धि कोर्स या युट्युब तथा विभिन्न सामाजिक सञ्जालबाट आफैँले स्वअध्ययन गर्न सक्दछौँ।
घाटा रोक्नुहोस् : स्टप–लस एक लोकप्रिय प्रविधि हो, जसले हाम्रो जोखिमलाई कम गर्न मद्दत गर्दछ। मूल्य घट्दा एक पूर्वनिर्धारित रकम अथवा ठाउँ हेरी पहिले नै निर्धारण गरी हामी आफ्नो लक्ष्य निर्माण गरेर बाहिर निस्कन सक्नुपर्दछ।अनावश्यक हल्लालाई बेवास्ता गर्नुहोस् ः हल्लाको भरमा बजारमा कहिल्यै लगानी नगर्ने । धेरै पटक ठूला कम्पनी तथा केही ठूला लगानीकर्ताहरुले उनीहरुको नाफाका लागि बजारमा हल्ला फैलाउँदछन् तर त्यस्ता हल्लाका पछि लागेर लगानी गर्ने कारण साना लगानीकर्ताहरु घाटामा पर्छन्। साथीहरु वा आफन्तहरुको सल्लाहमा समेत सेयरमा लगानी नगर्ने। बरु लगानी गर्नु अघि सधैँ विशेषज्ञको सल्लाह लिन सकिन्छ।
विविध पोर्टफोलियो : कुनै एक खास सेक्टर या स्टकमा मात्र कहिल्यै लगानी नगर्ने। धेरै पटक केही बाह्य कारकहरु जस्तै वैश्विक कारकहरु, राजनीतिक उथलपुथल, प्रकोपहरु आदिका कारण बजारमा ठूलो उतारचढाव हुन्छ। यस्तो अवस्थामा जोखिमबाट बच्नका लागि आफ्नो पोर्टफोलियोमा विविधता ल्याउने।
निष्कर्ष
सेयर बजारको गणित कुनै रकेट विज्ञान हैन। यहाँ त केवल हामीले बजारको महत्वपूर्ण पक्षहरुलाई विश्लेषण गर्नुपर्ने हुन्छ। यहाँ मुख्यतया हामीले कम्पनीको स्टकमा लगानी गर्नुअघि केही गणितहरु बुझ्नुपर्नेछ, केही हिसाबहरु गर्नुपर्नेछ। हामीले कुनै पनि कम्पनीको बजारमा सेयरको माग र आपूर्ति, कम्पनीको त्रैमासिक र वार्षिक रिपोर्टहरु हेरी स्टकमा लगानी गर्नपहिले नै पर्याप्त अनुसन्धान गर्नुपर्दछ।
यदि हामीले माथिका चीजहरु अनुसरण गर्न सक्षम भयौँ भने हामी निश्चित रुपमा आफ्नो जोखिम कम गर्न सक्छौँ।
प्रतिक्रिया दिनुहोस्