×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जान्ने रहेछन् शेरबहादुरका ज्योतिष, भनेको ठ्याक्कै मिलाए, देउवा बन्ने भए ५औं पटक प्रधानमन्त्री

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

जान्ने रहेछन् शेरबहादुरका ज्योतिष, भनेको ठ्याक्कै मिलाए, देउवा बन्ने भए ५औं पटक प्रधानमन्त्री

Artha Sarokar

२८ असार २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सर्वोच्च अदालतले २८ घण्टाभित्र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ । आज बसेको संवैधानिक इजलासले सो आदेश जारी गरेको हो ।
अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै बदर गरेको हो । जेठ ७ गते मध्यरातमा विघटन भएको प्रतिनिधिसभा पुनर्स्थापना गर्दै सर्वोच्च अदालतको संवैधानिक इजालसले संविधानको धारा ७६(५) अनुसार देउवालाई प्रधानमन्त्री नियुक्ति गर्न परमादेश जारी गरेको हो ।
राष्ट्रपति भण्डारीले दोस्रोपटक जेठ ७ गते मध्यरातमा प्रतिनिधिसभा विघटन गरेकी थिइन् । त्यसअघि प्रधानमन्त्री ओलीले ७ गते मध्यरातमा मन्त्रिपरिषदको बैठक राखेर प्रतिनिधिसभा विघटन गर्ने सिफारिस गरेका थिए । यता ओली सरकार ढलेसंगै आर्थिक क्षेत्रमा अर्थमन्त्री को बन्ला भन्ने चौतर्फी चासोको विषय बनेको छ । 
यता केहि समय अगाडी शेर बहादुर देउवाले आफुलाई ज्योतिषीले ५ पटक प्रधानमन्त्री बन्ने भविष्यवाणी गरेको बताएका थिए । 
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी