Skip to content
LAXMI SUNRISE BANK

सामाजिक सुरक्षा कोषविरुद्ध सिद्धार्थ बैंक गण्डकी प्रदेशका कर्मचारी पनि आन्दोलित

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
पोखरा । सामाजिक सुरक्षा कोषकाविरुद्ध सिद्धार्थ बैकका कर्मचारीहरु पनि आन्दोलनमा उत्रिएका छन् । बैंकको गण्डकी प्रदेशको मुख्य शाखा पोखरालगायतका आधा दर्जन भन्दा बढी कार्यालयका कर्मचारीहरु कालो ब्यानरसहित आन्दोलनमा उत्रिएका हुन् ।
आईएललो अभिसन्धि १९४९ (नं.९८), नागरिकको मौलिक हक, श्रम ऐनको मर्म विपरित बैक, बीमा तथा वित्तीय संस्थाका कर्मचारीहरुको Right to Organize and Right to Collective Bargaining गर्न पाउने हक रहेको तर सो हक कुण्ठित हुनेगरी योगदानमा आधारित सामाजिक सुरक्षा योजना ल्याएकोले कोषमा जान नसकिने ब्यानरमा उल्लेख छ ।
यस्तै नेपाल वित्तीय संस्था कर्मचारी संघ(FIEUN), सिद्धार्थ बैंक कर्मचारी संघ तथा नेपाल बैंकर्स संघलगायतका विभिन्न संघ संस्थाहरुले विगत २ बर्ष देखि उठाएका विषयहरु योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, विनियम र कार्यविधीमा रहेका अमिल्दा व्यवस्थाहरु संशोधन नगरी बलजफ्ती गरिएको पनि ब्यानरमा उल्लेख गरिएको छ ।
यता योगदानमा आधारित सामाजिक सुरक्षा योजना स्वेच्छिक नभई बाध्यकारी भएको र न्यूनतम ज्याला/पारिश्रमिकबाट बञ्चित बहुसंख्यक श्रमिकहरुलाई सामाजिक सुरक्षा योजनामा सहभागी गराई तिनको सामाजिक सुरक्षाको हक सुनिश्चित नगरेकाले विरोध गरिएको गरेको जनाइएको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK