×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

हेलम्बुवासीलाई यूएई, कुवेत र दक्षिण कोरियाको साथ, ९ लाख ६ हजार बराबरको आर्थिक सहयोग

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक सेवा समाज-यूएई, सिन्धुपाल्चोक समाज-दक्षिण कोरिया र सिन्धुपाल्चोक सेवा समाज-कुवेतले बाढी प्रभावित हेलम्बुवासीलाई राहतस्वरुप आर्थिक सहायता गरेका छन् । यसअघि नै मृतकका परिवार र शैक्षिक संस्थालाई सहयोग गरिएको स्थानीय संयोजक कुमारप्रसाद लामिछानेले जानकारी दिनुभयो ।
पूर्ण प्रभावितलाई वडा कार्यालयबाट प्राप्त विवरणअनुसार सहयोग शुरु गरिएको कुवेत संयोजक हरिकृष्ण न्यौपानेले जानकारी दिनुभयो । वडा नं १ का २३, वडा नं २ का ४३, वडा नं ३ का २६ र वडा नं ६ का नौ परिवारलाई रु पाँच/पाँच हजारका दरले सहयोग शुरु गरिएको हो । आर्थिक सहायता प्रदान गर्न सिन्धुपाल्चोक समाज दक्षिण कोरियाबाट रु पाँच लाख ४० हजार, सिन्धुपाल्चोक सेवा समाज-दुवईबाट एक लाख २६ हजार र सिन्धुपाल्चोक सेवा समाज-कुवेतबाट दुई लाख ४० हजार सङ्कलन भएको यूएईका सचिव हरि दुलालले जानकारी दिनुभयो ।
वडा नं १ का प्रभावितलाई शनिबार सहयोग हस्तान्तरण गरिएको छ भने वडा नं २ का प्रभावितलाई प्रदान गर्नका लागि वडाध्यक्ष छिरिङग्याल्बु लामालाई रकम हस्तान्तरण गरिएको छ । वडा नं ३ का प्रभावितका लागि प्रदान गर्न वडासदस्य दमैसिं तामाङलाई रकम हस्तान्तरण गरिएको छ । इस्ट पोइन्ट एकेडेमीका प्रधानाध्यापक दामोदर भारतीलाई शनिबार नै सहयोग रकम हस्तान्तरण गरिएको छ । -रासस
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: