×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सनराइज बैंकको नयाँ एटिएम सेवा कपिलवस्तुमा पनि, बिना एटिएम कार्डमार्फत कारोबार गर्न सकिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सनराइज बैंकको नयाँ एटिएम सेवा कपिलवस्तुमा पनि, बिना एटिएम कार्डमार्फत कारोबार गर्न सकिने

Artha Sarokar

११ श्रावण २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

कपिलवस्तु । सनराइज बैंक लिमिटेडले नयाँ एटिएम सेवा संचालनमा ल्याएको छ । बैंकले कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिकामा एटिएम सेवा संचालनमा ल्याएको हो । यस्तै बैंकले बारा जिल्लाको बारागढी गाउँपालिकामा शाखारहित बैंकिङ सेवाको विस्तार गरेको छ ।

बैंकले एटिएम सेवाको माध्यमबाट भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत एटिएम सेवा अन्तर्गत एटिएम कार्ड र बिना एटिएम कार्डमार्फत कारोबार गर्न सकिने जनाएको छ । हालसम्म बैंकले १३९ वटा शाखा, ७९ वटा शाखारहित बैंकिङ सेवा, १२ वटा एक्सटेन्सन काउण्टर र १६१ वटा एटिएममार्फत आफ्ना ७ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी