- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । वित्तीय क्षेत्रका कर्मचारीले सामाजिक सुरक्षा कोषविरुद्ध दायर गरेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले कारण देखाउ अन्तरकालिन आदेश जारी गरेको हो ।
अदालतले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गर्दै दुबै पक्षलाई छलफलका लागि असार ३१ गते बोलाएको छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरु सामाजिक सुरक्षा कोषमा आबद्ध नहुने भन्दै आन्दोलनमा उत्रिएका छन् ।