सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले जुवाखालबाट दुई लाखसहित आठ जनालाई पक्राउ गरेको छ । एक होटल सञ्चालक र सात जुवाडेलाई प्रहरीले सोमबार बेलुकी ५ः३० बजे पक्राउ गरेको हो । वीरेन्द्रनगर नगरपालिका–४ सुर्खेतको जुम्ला रोडस्थित सकुन्तला न्यौपानेले सञ्चालन गरेको सुर्खेती स्टाप होटलमा जुवातास खेलिरहेको अवस्थामा चामुण्डा बिन्द्रासैनी नगरपालिका–२ दैलेख स्थायी घर भई हाल वीरेन्द्रनगर नगरपालिका–३ सुर्खेत तातोपानीका ३० वर्षीय किरण विष्ट, सोही नगरपालिका–७ निवासी हाल वीरेन्द्रनगर नगरपालिका–६ सुर्खेत रातोपुल नजिक बस्ने २२ वर्षीय बखत शाही र डुङ्गेश्वर गाउँपालिका–४ स्थायी घर भई हाल वीरेन्द्रनगर नगरपालिका–४ खोर्केलाइन बस्ने ३० वर्षीय लोकबहादुर बुढालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक घर्तीले जानकारी दिनुभयो ।
त्यस्तै गुराँस गाउँपालिका–१ स्थायी घर भई वीरेन्द्रनगर नगरपालिका–४ सुर्खेत भैरवस्थान बस्ने ३० वर्षीय पदम सलामी मगर, सुर्खेत चिङगाड गाउँपालिका घर भई वीरेन्द्रनगर–४ भैरवस्थान बस्ने ४० वर्षीय बलबहादुर बाह्रघरे, वीरेन्द्रनगर नगरपालिका–४ खोर्केलाई बस्ने गुराँस गाउँपालिका–६ दैलेख निवासी २८ वर्षीय यामबहादुर रोकाय र तुर्माखाँद गाउँपालिका–३ अछाम स्थायी घर भई हाल सुर्खेत वीरेन्द्रनगर नगरपालिका–३ बस्ने ३५ वर्षीय जीवन शाहीलाई प्रहरीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक घर्तीले बताउनुभयो ।
होटलमा पैसाको हारजीत हुने गरी जुवातास खेलिरहेको अवस्थामा उनीहरुसहित जुवाखालबाटै रु दुई लाख १४ हजार ९७० नगद र दस्तखत गरिएका विभिन्न बैंकका ११ थान चेक पनि बरामद गरिएको उहाँले जनाउनुभयो । त्यसैगरी प्रभु बैंकको रु चार लाख लेखिएको दस्तखतसमेत भएको एक थान चेक, एनएमबि बैंकको रु ४९ हजार रकम उल्लेख गरी दस्तखत गरिएको एक थान चेकका साथै जुवा खेल्न प्रयोग गरिएको एक गड्डी तास र तास खेल्न बिच्छ्याइएको एक थान लिउ पनि रीतपूर्वक बरामद गरिएको उहाँले बताउनुभयो ।
जुवाडेसहित होटल सञ्चालक डुङ्गेश्वर गाउँपालिका–५ स्थायी घर भई वीरेन्द्रनगर नगरपालिका–४ सुर्खेत भैरवस्थान बस्ने २६ वर्षीय शकुन्तला न्यौपानेसमेतलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । -रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्