- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सूर्य चुरोटको मूल्य बढेको छ । सूर्य नेपाल प्रालिले एक सूचना जारी गर्दै आज आइतबारदेखि मूल्य बढाएको छ । कम्पनीले सूर्य २४ क्यारेट ब्लू, सूर्य २४ क्यारेट किंग्स, सूर्य २४ क्यारेट आर्कटिक बस्र्टको बट्टामा १५ रुपैयाँले बढाएको हो ।
यसअघि उत्पादित विभिन्न प्रकारको चुरोटको मूल्य प्रति बट्टा २ सय ८० रुपैयाँ थियो । अब सो बट्टाको २ सय ९५ रुपैयाँ पुगेको छ । कम्पनीले सूर्य २४ क्यारेट ब्लू, सूर्य २४ क्यारेट किंग्स,सूर्य २४ क्यारेट आर्कटिक बस्र्टको थोक बिक्रेता मूल्य १३ हजार ३ सय ८०, दोस्रो थोक विक्रेता मूल्य १३ हजार ६ सय ७ र खुदा्रा विक्रेता मूल्य १३ हजार ७ सय ४४ रुपैयाँ तोकेको छ ।
यस्तै कम्पनीले सूर्य लेजेन्डको मूल्य ३ सय रुपैयाँ तोकेको छ । उक्त चुरोटको थोक विक्रेता मूल्य १३ हजार ३ सय ७१ रुपैयाँ, दोस्रो थोक विक्रेता मूल्य १३ हजार ६ सय २० र खुद्रा विक्रेता मूल्य १३ हजार ७ सय ६१ रुपैयाँ तोकिएको छ । साथै खुकरी फिल्टर र खुकुरी मेन्थोलको पनि प्रति बट्टा मूल्य ४ रुपैयाँले बढेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्