×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जब माथिल्लो तामाकोशी आयोजनाको उद्घाटन कार्यक्रममै बत्ती गयो…

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

जब माथिल्लो तामाकोशी आयोजनाको उद्घाटन कार्यक्रममै बत्ती गयो…

२२ असार २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । सोमबार साँझ राष्ट्रिय गौरवको आयोजनाको रुपमा परिचित माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको धुमधामकाबीच उद्घाटन कार्यक्रम राखिएको थियो । सो आयोजना उद्घाटनका लागि प्रधानमन्त्री केपी शर्मा ओली पनि तयारीका साथ बसिरहेका थिए । उक्त आयोजनाको उद्घाटन आयोजना स्थलमा नभई प्रधानमन्त्रीले भर्चुअल माध्यमबाट बालुवाटारबाटै गर्ने तयारी थियो ।
दोलखास्थित तामाकोशी जलविद्युत आयोजनास्थलबाट उद्घाटनका लागि आयोजना प्रमुख, आयोजनाका इन्जिनियरहरु, स्थानीय निकायका प्रमुखहरु र स्थानीय बासिन्दाहरु बालुवाटारको भिडियोमार्फत जोडिसकेका थिए । यता बालुवाटारमा भने प्रधानमन्त्रीसंगै उपप्रधानमन्त्री तथा उर्जामन्त्री विष्णु प्रसाद पौडेल, नेपाल वित प्राधिकरणका प्रमुखलगायतका व्यक्तिहरु उपस्थित थिए ।
कुल ४५६ मेगावाट क्षमताको उक्त आयोजनाको पहिलो युनिटबाट बिजुली उत्पादन गर्नको लागि सोमबार उद्घाटन गर्न लागिएको थियो । तर जब उद्घाटन गर्ने कार्यक्रम सुरु तब झ्याप्प बत्ती गयो । सो समयमा बत्ति एक पटक मात्रै गएन आउँदै, जाँदै गरिरह्यो । केहि समय विना बत्ती सम्पूर्ण अतिथिहरु बत्ती आउँछ की भनेर चुपचाप लगेर बसिरहे । यता गएको बत्ती नआएपछि नेपाल टेलिभिजनले गरिरहेको लाइभ पनि रोकेर कोरोनासम्बन्धि भिडियो बजायो ।
सोही क्रममा प्रधानमन्त्री ओलीले बत्तीबारे व्यंग्य गर्दै भने ‘उर्जाकै उद्घाटन कार्यक्रममा उर्जाकै गढबडी ?’ मसंग आज उर्जामन्त्रीदेखि प्राविधिकहरुसम्म हुनुहुन्छ तर उद्घाटन कार्यक्रममा नै बत्ती गयो यस्तो किन भयो ?’ उनले यति मात्रै भनेनन् बरु आफु स्वीट्जरल्याण्ड भ्रमणमा जाँदा एक्कासी ३० सेकेन्ड बत्ती जाँदाको घटना पनि स्मरण गर्न भ्याए । ३० सेकेन्ड बत्ती जाँदा स्वीट्जरल्यान्डकी सभामुखले ‘यो स्वीजरल्यान्डको गल्ती होइन। हामीले अन्य देशबाट यो प्रविधि हायर गरेका थियौँ त्यसैले प्राविधिक समस्या भयो । अव स्वीट्जरल्यान्डकै प्रविधि प्रयोग गरेपछि यसरी बत्ती जाँदैन।’ भनेकी थिइन् ।
प्रधानमन्त्रीले सो कार्यक्रममा माथिल्लो तामाकोशी जलविद्युत आयोजना बनेपछि जनतालाई सस्तोमा विद्युत उपलव्ध गराउने पनि जानकारी दिए। आयोजनाले सोमबारदेखि बिजुली उत्पादन गरेको छ । कुल ४५६ मेगावाट क्षमताको उक्त आयोजनाको पहिलो युनिटको क्षमता ७६ मेगावाट रहेको छ ।आयोजनाले आइतबार विद्युतगृह रहेको गोगरदेखि खिम्तीसम्मको कुल ४७ दशमलब २ किलोमिटर लामो २२० केभी क्षमताको प्रसारण लाइनमा बिजुली पठाएर चार्ज गरेको छ । आयोजनाले शनिबार मात्रै ढल्केबरदेखि न्यू खिम्ती सवस्टेशनबीचको लाइन चार्ज गरेको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: