×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

संकटमा ताप्लेजुङका चौंरी र याक, संरक्षणका लागि बीमा गर्दा पशुपालकलाई राहत

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

संकटमा ताप्लेजुङका चौंरी र याक, संरक्षणका लागि बीमा गर्दा पशुपालकलाई राहत

५ श्रावण २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

ताप्लेजुङ । ताप्लेजुङको कञ्चनजङ्घा संरक्षण क्षेत्रभित्र रहेका चौँंरी र याकको बीमा गरिएको छ । वन्यजन्तुको आक्रमणबाट ठूलो क्षति हुने भएपछि चौंरी र याकको बीमा गरिएको हो । कञ्चनजङ्घा संरक्षण क्षेत्रमा वन्यजन्तुले चौँंरी र याक मारेर खाइदिने भएपछि पशुधन बीमा कार्यक्रममार्फत संरक्षण क्षेत्रका चौंरी याकको बीमा गरिएको बताइएको छ । गत आर्थिक वर्षमा ८७५ वटा चौंरीयाकको बीमा गरिएको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का कार्यक्रम सहायक जितेन लिम्बूले बताउनुभयो ।

विश्व वन्यजन्तु कोष र कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को सहकार्यमा चौंरीयाकको बीमा गरिएको उहाँले बताउनुभयो । समुन्द्र सतहदेखि तीन हजार ५०० मिटरदेखि पाँच हजारसम्मको उचाइमा रहेको कञ्चनजङ्घा संरक्षण क्षेत्रका हिमाली समुदायहरुको प्रमुख पेशा पशुपालन हो । संरक्षण क्षेत्रमा वन्यजन्तुले घर पालुवा पशुहरु सिकार गरेर मार्ने भएकाले पशु पालकलाई राहत उपलब्ध गराउने उद्देश्यले बीमा कार्यक्रम सञ्चालन गरिएको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का कार्यक्रम सहायक सचिन हेल्लोकले बताउनुभयो ।

संरक्षण क्षेत्रमा चारवटा हिउँचितुवा उपसमिति गठन गरिएको छ । ती समितिलाई हिउँचितुवाको अनुगमनको जिम्मेवारी दिएको छ । समितिले हिउँ चितुवाको आहाराका रुपमा मानिएको नाउरको पनि रेखदेख गर्ने गरेको घुन्सा हिउँ चितुवा उपसमितिका अध्यक्ष पेमा शेर्पाले बताउनुभयो । हिउँ चितुवाले चौंरीयाकलाई सिकार गरेर खाने गरेकाले पशुधन कार्यक्रममार्फत याकचौंरीको बीमा गरिएको उहाँको भनाइ छ । फक्ताङलुङ गाउँपालिका–६ घन्सा हिउँ चितुवा उपसमितिमा बीमाका लागि २६ लाख ३३ हजार कोषमा जम्मा भएको छ । यस समितिमा गत आर्थिक वर्षमा ३६ वटा चौंरीयाकको बीमा गरिएको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् कार्यालयको तथ्याङ्कमा उल्लेख छ । एउटा चौँंरी वा याकको बीमा गरेबापत प्रिमियम शुल्क ३०० समितिको कोषमा जम्मा गर्नुपर्ने हुन्छ । पशु बीमाबापत शुल्क बुझाएको प्रिमियम ३ वर्षमा पशुपालकले व्याजसहित फिर्ता पाउने नियम रहेको लिम्बूको भनाइ छ । -रासस

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: