×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुधबार बढ्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

GLOBAL IME BANK

बुधबार बढ्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

१३ श्रावण २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको चौंथो दिन बुधबार सुनको मूल्य बढेको छ । मंगलबार प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुनको मूल्य आज ३ सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । यस्तै तेजावी सुनको मूल्य पनि ३ सय रुपैयाँले बढेर प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य भने १५ रुपैयाँले घटेर प्रतितोला १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ७८ हजार ९ सय ६० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ७८ हजार ५ सय ३० रुपैयाँ कायम गरेको छ । यस्तै प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ७६ रुपैयाँ कायम गरिएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: