काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार नेप्से २९.२४ अंकले बढेको छ । यस अवधिमा सबैभन्दा बढी कारोबार एनआइसी एशिया बैंकको भएको छ । यस कम्पनीको ४९ करोड १५ लाख ५० हजार ७ सय ५५ बराबरको सेयर कारोबार भएको छ ।
यसपछि अपि पावर कम्पनी, यूनाइटेड मोदी हाईड्रोपावर, सानिमा माई हाईड्रोपावर, नेशनल हाईड्रोपावर कम्पनी, नबिल बैंक, हिमालयन डिस्टिलरी, अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनी, नेपाल बैंक र अरुण काबेली पावरको सर्वाधिक सेयर कारोबार भएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज कुल २२५ कम्पनीको ३ करोड २३ लाख ५५ हजार २६० कित्ता सेयर खरिद बिक्री हुँदा १५ अर्ब १७ करोड ६ लाख ५१ हजार ६ सय ५१ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।