
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको चौंथो दिन बुधबार नेप्से १.०१ अंकले बढेको छ । यस अवधिमा सबैभन्दा बढी कारोबार गोर्खाज फाइनान्सको भएको छ । यस कम्पनीको २९ करोड ४७ लाख ६९ हजार २ सय ५० बराबरको सेयर कारोबार भएको छ ।
त्यसपछि छिमेक लघुवित्त वित्तीय, हिमालयन डिस्टिलरी, निर्धान उत्थान लघुवित्त वित्तीय संस्था, नबिल ब्यालेन्स फण्ड-२, नेपाल लाईफ इन्स्योरेन्स, नबिल बैंक, नेपाल बंगलादेश बैंक, मन्जुश्री फाइनान्स र एनआइसी एसिया बैंकको सर्वाधिक सेयर कारोबार भएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज कुल २१४ कम्पनीको ४४ करोड ७३ लाख ६ हजार ५३० कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब ६५ करोड ४५ लाख ७६ हजार २ सय ५ रुपैयाँ बराबरको माथिको कारोबार भएको छ ।
