काठमाडौं । साताको कारोबारको दोस्रो दिन सोमबार नेप्से १३.९७ अंकले बढेको छ । यस अवधिमा सबैभन्दा बढी कारोबार एनआइसी एशिया बैंकको भएको छ । यस कम्पनीको ३५ करोड ४१ लाख ६६ हजार ४४ बराबरको सेयर कारोबार भएको छ ।
त्यसपछि नबिल बैंक, नेपाल बंगलादेश बैंक, राष्ट्रिय बीमा संस्थानको प्रमोटर सेयर, सिनर्जी पावर डेभलपमेन्ट कम्पनी, एनएमबि बैंक, अरुण काबेली पावर, मञ्जुश्री फाइनान्स, सिद्धार्थ बैंक र ग्लोबल आईएमई बैंकको सर्वाधिक सेयर कारोबार भएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज कुल २१९ कम्पनीको ३ करोड ७५ लाख ७१ हजार ३७४ कित्ता सेयर खरिद बिक्री हुँदा ११ अर्ब ८१ करोड ३७ लाख ५४ हजार ६ सय ७ बराबरको सेयर कारोबार भएको छ ।