काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहीबार नेप्से १८.७५ अंकले बढेको छ । यस अवधिमा सबैभन्दा बढी कारोबार एग्रीकल्चर डेभलपमेन्ट बैंकको भएको छ । यस कम्पनीको ४६ करोड २१ लाख ४७ हजार २ सय ४० बराबरको सेयर कारोबार भएको छ ।
त्यसपछि एनआइसी एशिया बैंक, नेपाल बैंक, न्याग्दी ग्रुप पावर कम्पनी, सिद्धार्थ बैंक, मञ्जुश्री फाइनान्स, अरुण काबेली पावर कम्पनी, नबिल बैंक, अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनी र सानिमा बैंकको सर्वाधिक सेयर कारोबार भएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज कुल २२२ कम्पनीको ५ करोड ५७ लाख ६४ हजार ६२ कित्ता सेयर खरिद बिक्री हुँदा ११ अर्ब ११ करोड ४१ लाख २१ हजार ६ सय १६ बराबरको सेयरकारोबार भएको छ ।