×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

यी हुन् बिहीबार सर्वाधिक सेयर कारोबार भएका दश कम्पनी

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहीबार नेप्से ११.३३ अंकले बढेको छ । यस अवधिमा सबैभन्दा बढी कारोबार गोर्खाज फाइनान्सको भएको छ । यस कम्पनीको ३६ करोड ७० लाख २३ हजार ५ सय ७४ बराबरको सेयर कारोबार भएको छ ।
त्यसपछि एनआइसी एसिया बैंक, मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाको प्रमोटर सेयर, मन्जुश्री फाइनान्स, नेपाल लाईफ इन्स्योरेन्स, नेशनल हाईड्रोपावर कम्पनी, न्याग्दी ग्रुप पावर, नेपाल पुनर्बिमा कम्पनी, यूनाइटेड मोदी हाईड्रोपावर र अरुण काबेली पावरको सर्वाधिक सेयर कारोबार भएको छ ।
स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज कुल २२३ कम्पनीको ५ करोड ८५ लाख २ हजार १०९ कित्ता सेयर खरिद बिक्री हुँदा ८ अर्ब १४ करोड ३६ लाख १४ हजार ३ सय २ बराबरको कारोबार भएको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: