×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

युनियन लाइफ इन्स्योरेन्सको आइपिओमा कति पर्यो आवेदन ?

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्राथमिक निष्काशनमा पहिलो दिन नै १.४१ गुणाले ओभर सब्सक्राइब भएको छ । कम्पनीको आइपिओमा बिहिबार साँझ ५ जेसम्म ५ लाख १० हजार ९ सय ४५ जना सर्वसाधारण लगानीकर्ताहरुबाट ९१ करोड ६० हजार रकम बराबरको ९१ लाख ६०० कित्ता सेयरको लागि आवेदन परेको छ ।
यो आइपिओको निष्काशन तथा बिक्री प्रबन्धकको कार्य प्रभु क्यापिटल लिमिटेडले गरेको छ । यो आइपिओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतम ३२ हजार २ सय ५० कित्तासम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । यो आइपिओमा आवेदन दिने अन्तिम समय छिटोमा असार २८ गते सोमबारसम्म रहेको छ ।
कम्पनीले बिहिबारदेखि ल्याएको ६४ लाख ५० हजार कित्ता आइपीओमा ३ लाख २२ हजार ५ सय कित्तामा कर्मचारीले आवेदन दिन पाउनेछन् भने ३ लाख २२ हजार ५ सय कित्तामा म्युचुअल फन्डले आवेदन दिन पाउनेछन् । बाँकी ५८ लाख ५ हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: