×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शनिबारदेखि लामो दुरीका सार्वजनिक यातायात चल्ने, काठमाडौं जिल्ला प्रशासनले दियो सञ्चालनको अनुमति

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

शनिबारदेखि लामो दुरीका सार्वजनिक यातायात चल्ने, काठमाडौं जिल्ला प्रशासनले दियो सञ्चालनको अनुमति

Artha Sarokar

८ श्रावण २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सरकारले लामो दुरीका सार्वजनिक यातायात सञ्चालन गर्न अनुमति दिएको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयको निर्देशन अनुसार झन्डै तीन महिनापछि लामो दुरीको सवारीसाधन सञ्चालन गर्न अनुमति दिएको हो ।
बिहीबार गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासनलाई लामो दुरीको सवारी सञ्चालन सहजीकरण गर्न भनेपछि जिल्ला प्रशासनले शुक्रबार सुचना जारी गरेको हो । जस अनुसार नेपाल सरकारले तोकेको स्वास्थ्यको मापदण्डको पूर्ण पालना गरी मध्यम तथा लामो दुरीका सार्वजनिक यातायात सञ्चालनको व्यवस्था मिलाउनु पर्नेछ ।
त्रिभुवन विश्वविद्यालय, लोक सेवा आयोगलगायतका परीक्षाहरू हुने भएकोले लामो तथा मध्यम दुरीका सवारीसाधन चलाउने व्यवस्था मिलाइएको हो । यता काठमाडौं जिल्लाका सिडिओ कालिप्रसाद पराजुलिले भोलि शनिबारदेखि नै लामो दुरीका सवारीलाई अनुमति दिएको बताए ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी