×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रदेश सरकारको सहयोगमा जाजरकोट–जुम्ला जोड्ने सुरुङ मार्ग निर्माण गरिने, अब ३० मिनेटमै जुम्ला पुग्न सकिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

प्रदेश सरकारको सहयोगमा जाजरकोट–जुम्ला जोड्ने सुरुङ मार्ग निर्माण गरिने, अब ३० मिनेटमै जुम्ला पुग्न सकिने

Artha Sarokar

२४ श्रावण २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

जाजरकोट । जाजरकोट– जुम्ला छिटोछरितो पुग्नका लागि सुरुङमार्गको सम्भाव्यता अध्ययनको काम सुरु गरिएको छ । जाजरकोटको कुशे गाउँपालिका-८ साङटादेखि जुम्लाको तातोपानी गाउँपालिका–८ इमिल्चाघारीको बीचमा सुरुङ खोलेर सडक निर्माण गर्न सम्भाव्यता अध्ययन गर्न लागिएको पूर्वमन्त्री शक्तिबहादुर बस्नेतले बताउनुभयो ।

जाजरकोट सदरमुकाम– पाँचकाटिया हुँदै कुशे–८ साङटाबाट जुम्लाको तातोपानी इमिल्चाघारी सडकका लागि सम्भाव्यता अध्ययन गर्न सडक डिभिजन चौरजहारीले प्रक्रिया सुरु गरेको छ । अर्कोतिर सदरमुकाम पाँचकाटिया हुँदै हानीसल्ला काइल्दापाखा सिल्पाचौर हुँदै बारेकोट जोड्ने सडक निर्माण जारी छ ।

त्यस्तै जाजरकोट– डोल्पा सडक खण्डको नलगाड नगरपालिकाबाट बारेकोट हुँदै जुम्ला जोड्ने अर्को सडक बारेकोट जोडिसकेको छ । पाँचकाटिया कायदापाखा सिल्पाचौर लिम्सा सडक खण्डको प्रदेश सरकारको सहयोगमा निर्माण जारी रहेको प्रदेशसभा सदस्य गणेशप्रसाद सिंहले बताउनुभयो । यो आवमा पनि सो सडक निर्माणका लागि बजेट विनियोजन भइसकेकाले काम निरन्तर जारी रहने प्रदेशसभा सदस्य सिंहले जानकारी दिनुभयो ।

जुम्ला जानका लागि सबै भन्दा छोटो बाटोमध्येको सुरुङ मार्ग नै हुने भएकाले यो निर्माण कार्यलाइ बढी जोड गरिएको छ । जुम्ला सडक जोड्नका लागि अब दुई खण्डको विकास भइरहेको सिंहले बताउनुभयो । साङटाबाट इमिल्चाघारीसम्म अहिलेको लम्वाइ झण्डै १० किलोमिटर छ । सुरुङ निर्माणका लागि झण्डै पाँच किलोमिटर भन्दा कम प्वाल बनाउनुपर्ने कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले बताउनुभयो ।

हिँडेर झण्डै सात घण्टामा अग्लो डाँडा पार गर्न सकिन्छ । सुरुङ मार्गबाट ३० मिनेटमै जुम्ला जान सकिने सिंहले बताउनुभयो । लम्बिनी– दाङहुँदै जाजरकोट जुम्लाबाट रारा जोड्नका लागि यो सडक सबै भन्दा छोटो हुने भएकाले काम सुरु गर्न लागिएको बताइएको छ । -रासस

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी