×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा: भत्ता बुझ्न बैंक पुगे हुम्लाका ज्येष्ठ नागरिक, पहिरोको जोखिममा बझाङको भूमिदेव विद्यालय

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

देश बोल्ने फोटो कथा: भत्ता बुझ्न बैंक पुगे हुम्लाका ज्येष्ठ नागरिक, पहिरोको जोखिममा बझाङको भूमिदेव विद्यालय

Artha Sarokar

२८ श्रावण २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले हुम्लाको सिमकोट गाउँपालिकाले बैंकिङ कारोबारमार्फत् सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेपछि बैंकमा भत्ता बुझ्न गएका ज्येष्ठ नागरिकदेखि बझाङको केदारस्यँ गाउँपालिका– ६ स्थित रोतागणामा रहेको भूमिदेव आधारभूत विद्यालयको भवन पहिरोको जोखिममा रहेकोसम्मको तस्विरलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचार :

हुम्लाको सिमकोट गाउँपालिकाले बैंकिङ कारोबारमार्फत् सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेपछि बैंकमा भत्ता बुझ्न गएका ज्येष्ठ नागरिक ।

बझाङको केदारस्यँ गाउँपालिका– ६ स्थित रोतागणामा रहेको भूमिदेव आधारभूत विद्यालयको भवन पहिरोको जोखिममा । अविरल वर्षाका कारण विद्यालयको फिल्ड पहिरोले बगाएपछि भवन जोखिममा परेको हो ।

पोखरा– १८ स्थित फेवातालको शिरान हर्पन खोलामा मेलापात सकेर घाँसको भारी लिएर डुङ्गाबाट घर फर्कंदै स्थानीय महिला । सो स्थानको पुल केही समय पहिला बाढीले बगाएपछि स्थानीय बासिन्दा डुङ्गाको सहारामा आउ जाउ गर्न थालेका छन् ।

स्याङ्जाको कालीगण्डकी गाउँपालिकाद्वारा गरिएको ड्रागन फ्रुट खेती । गाउँपालिकाले वडा नं। ४ पुच्छार भन्ने ठाउँमा २४ रोपनी जग्गा भाडामा लिएर चार हजार ८०० बिरुवा लगाएको छ ।

लगातारको बाढीले क्षति गर्दै गएपछि मेलम्ची–६ स्थित तेर्से माध्यमिक विद्यालयको भवन सुरक्षाका लागि ग्याबिन वाल लगाइँदै । हिन्दु धर्मावलम्बीको चाड जनै पूणिमा नजिकिँदै गर्दा जनै बाट्दै एक व्यक्ति ।

हिन्दु धर्मावलम्बीको चाड जनै पूणिमा नजिकिँदै गर्दा जनै बाट्दै एक व्यक्ति ।

जुम्लामा बढ्दो कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल मास्क अभियानअन्तर्गत मास्क नलगाई घरबाट निस्केका सर्वसाधारणलाई मास्क वितरण गर्दै चन्दननाथ नगरपालिका नगरप्रमुख कान्तिका सेजुवाल ।

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका– १० स्थित मकै र धान खेतीको मिश्रणले हरियाली देखिएको साल्मिटार । यहाँका किसानको मुख्य बालीको रुपमा मकै, धान र आलु खेती गर्ने गरेको छ ।

ठेकेदार कम्पनीको लापरवाहीले जग भासिएको खोटाङको दिक्तेल बजारमा विस्तार गर्न लागिएको शहरी खानेपानी तथा सरसफाइ आयोजनाको सोल्मास्थित निर्माणाधीन ट्रिटमेन्ट प्लान्ट (प्रशोधन केन्द्र)सहितको ट्याङ्की । निर्माणको काम जिम्मा लिएको आशिष निर्माण सेवा कम्पनीका ठेकेदारको लापरवाहीले जग सम्याउँदा फालिएको माटोमाथि ट्याङ्की निर्माण गर्दा भासिएको हो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी