×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देशभर धुमधामका साथ मनाईयो जनैपूर्णिमा तथा रक्षाबन्धन (फोटो-कथा)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

देशभर धुमधामका साथ मनाईयो जनैपूर्णिमा तथा रक्षाबन्धन (फोटो-कथा)

Artha Sarokar

६ भाद्र २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले देशभर धुमधामका साथ जनैपूर्णिमा तथा रक्षाबन्धन मनाएको तस्विरलाई फोटोमा समेटेका छौं ।

हेरौं फोटो समाचार :
पाल्पाको तानसेनको नारायणस्थानस्थित अमरनारायण मन्दिरमा देखिएको चहलपहल ।

सप्तरीको छिन्नमस्ता गाउँपालिकाको सखडामा अवस्थित नेपालकै प्रसिद्ध छिन्नमस्ता भगवती मन्दिर । यो मन्दिरमा दशैको बेला ठूलो मेला लाग्ने गरेको छ ।

जनैपूर्णिमाको अवसरमा ब्राह्मण समाज नेपाल तनहुँले आइतबार दमौलीमा आयोजना गरेको सामूहिक रक्षाबन्धन कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य डोबाटे विकलाई धागो बाँधिदिँदै समाजका केन्द्रीय सदस्य उपेन्द्र लम्साल ।

कोरोना भाइरसका कारण बङ्गलामुखी मन्दिरको मुख्य द्वार नखुलेपछि मन्दिर अगाडिको धारा छेउमा पुरोहितबाट जनै तथा डोरो बाध्दै सर्वसाधारण ।

जनै पूर्णिमाका दिन आइतबार बङ्गलामुखी मन्दिर परिसरमा भक्तजनलाई डोरो बाध्दै पुरोहित ।

जनैपूर्णिमाका अवसरमा आइतबार ललितपुरको बङ्गलामुखी कुम्भेश्वर महादेव मन्दिर परिसरमा रक्षा बन्धन लगाउँदै युवा ।

मध्यपुर थिमि–७ स्थित विसंतकी (शिलेश्वर) महादेव मन्दिरमा जनै पूर्णिमाका दिन पूजाआजा गर्दै भक्तजन । गोसाइँकुण्डको पानी यहाँ रहेको कुण्डमा आउने विश्वास गरिन्छ । गोसाइँकुण्डमा जान नसक्नेले यस कुण्डमा स्नान गरेमा गोसाइँकुण्ड पुगेसरह फल प्राप्ति हुने धार्मिक विश्वास रहिआएको छ ।

जनैपूर्णिमाका अवसरमा घोराही –५ धर्ना धारपानी मन्दिरमा ब्राह्मण र क्षेत्री पुरुषले हिन्दू परम्परानुसार ९यज्ञोपवीत० अर्थात जनै र रक्षा बन्धन लगाउँदै ।

जनै पूर्णिमाका अवसरमा सङ्खुवासभाको खाँदबारी नगरपालिका –९ तुम्लिङटारस्थित अरुण नदी किनारमा आइतबार मनकामना गु्रुकूलका गुरुसँग टीका लगाउँदै सुरक्षाकर्मी ।

पोखरा महानगरपालिका– १७ म्यूजियममार्गस्थित नवनिर्मित नागथानमा धार्मिक विधिपूर्वक आइतबार जनैमन्त्रण गरिँदै ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी