काठमाडौँ । गत आर्थिक वर्षको चौथो त्रैमासमा आशा लघुवित्त वित्तीय संस्थाले खुद नाफा १७२.६६ प्रतिशत बढाएको छ । गत वर्षको सोहि अवधिमा ४ करोड ६६ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको यस कम्पनीले यो अवधिमा आउँदा १२ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको हो ।
यस्तै कम्पनीको खुद ब्याज आम्दानी र अन्य सञ्चालन आम्दानी पनि बढेको छ । खुद ब्याज आम्दानी ५४.९३ प्रतिशत र सञ्चालन मुनाफा १४९.३९ प्रतिशत बढेको सार्वजनिक वित्तीय विवरणमा उल्लेख छ । साथै चैत मसान्तसम्ममा १ करोड ६० लाख रुपैयाँ खराब कर्जा उठाउन सफल भएको कम्पनीको जगेडा कोष २७६.५७ प्रतिशत बढेको छ ।
यस्तै प्रतिसेयर आम्दानी पनि ३० रुपैयाँ १४ पैसा बढेर ४७ रुपैयाँ ६० पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ १६४ रुपैयाँ ९४ पैसा रहेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्