Skip to content
LAXMI SUNRISE BANK

आशा लघुवित्त वित्तीय संस्थाको प्रतिसेयर आम्दानी ४७ रुपैयाँ ६० पैसा पुग्यो, खुद नाफामा पनि १७२.६६% को उल्लेख्य प्रगति

अर्थ सरोकार

काठमाडौँ  । गत आर्थिक वर्षको चौथो त्रैमासमा आशा लघुवित्त वित्तीय संस्थाले खुद नाफा १७२.६६ प्रतिशत बढाएको छ । गत वर्षको सोहि अवधिमा ४ करोड ६६ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको यस कम्पनीले यो अवधिमा आउँदा १२ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको हो ।
यस्तै कम्पनीको  खुद ब्याज आम्दानी र अन्य सञ्चालन आम्दानी पनि बढेको छ ।  खुद ब्याज आम्दानी ५४.९३ प्रतिशत र सञ्चालन मुनाफा १४९.३९ प्रतिशत बढेको सार्वजनिक वित्तीय विवरणमा उल्लेख छ । साथै चैत मसान्तसम्ममा १ करोड ६० लाख रुपैयाँ खराब कर्जा उठाउन सफल भएको कम्पनीको जगेडा कोष २७६.५७ प्रतिशत बढेको छ ।
यस्तै प्रतिसेयर आम्दानी पनि ३० रुपैयाँ १४ पैसा बढेर ४७ रुपैयाँ ६० पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ १६४ रुपैयाँ ९४ पैसा रहेको छ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK