काठमाडौँ । आशा लघुवित्त वित्तीय संस्था छैठौँ वर्षमा प्रवेश गरेको छ । संस्थाले पाँचौं वर्ष पुरा गरी छैठौँ वर्षमा प्रवेश गरेको हो । सो अवसरमा प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद दुलालले छैठौँ वर्षमा प्रवेश गरेकोमा खुशी व्यक्त गर्दै संस्थालाई यस उचाईमा ल्याउनका लागि प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग पुर्याउने नियामक निकाय, संचालक समिति, विभिन्न बैंक तथा वित्तीय संस्थाहरु, लगानीकर्ताहरु, ग्राहक सदस्यहरु, कर्मठ कर्मचारीहरुलगायत स्थानीय समुदायलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमासमेत साथ र सहयोगको अपेक्षा रहिरहने बताएका छन् ।
राष्ट्र बैंकबाट घ वर्गको राष्ट्रिय स्तरको वित्तीय संस्थाका रुपमा स्वीकृति प्राप्त आशा लघुवित्त वित्तीय संस्थाले ‘‘विपन्न समुदायका निम्ति आशा‘‘ भन्ने मुल नाराका साथ ककनी–६, नुवाकोटमा केन्द्रीय कार्यालय स्थापना गरी २०७३ भाद्र १५ गतेबाट कारोबार सुरु गरेको हो । अहिले यसले आफ्ना ५५ वटा शाखा कायालयहरुमार्फत ६५ हजार भन्दा बढि सदस्यहरुलाई वित्तीय सेवा प्रदान गर्दै ४ अर्ब भन्दा बढि कर्जा प्रवाह गर्नुका साथै १ अर्ब ३२ करोड भन्दा बढि निक्षेप संकलन गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्