×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआइसी एसिया क्यापिटलद्वारा भदौ १३ गते तेस्रो वार्षिक साधारणसभा आह्वान, ४८% नगद लाभांश दिने प्रस्ताव पेस हुने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एनआइसी एसिया क्यापिटलद्वारा भदौ १३ गते तेस्रो वार्षिक साधारणसभा आह्वान, ४८% नगद लाभांश दिने प्रस्ताव पेस हुने

२४ श्रावण २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । एनआइसी एसिया क्यापिटलको आफ्नो तेस्रो वार्षिक साधारणसभा भदौ १३ गते बोलाएको छ । सभा कम्पनीको रजिष्टार्ड कार्यालय थापाथली काठमाडौंमा बिहान ९ बजे सुरु हुने भएको हो ।
सभामा कम्पनीले चुक्ता पूँजीको ४८% नगद लाभांश दिने (कर सहित) प्रस्ताव पेस गर्ने भएको छ । यस्तै कम्पनीले नगद लाभांश प्रयोजनका लागि ९ करोड ६० लाख रुपैयाँ छुट्याएको छ ।
सभामा आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव पनि हुनेछ । साथै आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी