×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

संघीय संसद भवनको निर्माण कार्य छिटो सम्पन्न गर्न आयोजना पदाधिकारीलाई सभामुख सापकोटाको निर्देशन (भिडियो रिपोर्ट)

PRIME CA

संघीय संसद भवनको निर्माण कार्य छिटो सम्पन्न गर्न आयोजना पदाधिकारीलाई सभामुख सापकोटाको निर्देशन (भिडियो रिपोर्ट)

२२ श्रावण २०७८, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । सभामुख अग्नीप्रसाद सापकोटाले सिंहदरवारस्थित पुतली बगैंचामा निर्माणाधिन संघीय संसद भवनको निर्माण कार्य छिटो सम्पन्न गर्न सम्बन्धित आयोजनालाई आग्रह गर्नु भएको छ । सभामुख सापकोटाले शुक्रबार दिउँसो अवलोकन भ्रमण गरेपछि आयोजना पदाधिकारीहरुलाई तोकिएको समयभन्दा अगाडि नै सो भवनको निर्माण कार्य सम्पन्न गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो ।
कोरोनाका कारण प्रतिकूलस्थिति रहेको उल्लेख गर्दै उहाँले भवन निर्माणका लागि आवश्यक सामग्रीको जोहो गर्ने काममा मिहिन ढंगले लाग्न पनि निर्माण कम्पनी ‘टुण्डी सेक ज्वाईन्ट भेन्चर’को ध्यानाकर्षण गराउनु भयो । सभामुख सापकोटाले राष्ट्रकै सबैभन्दा गौरवपूर्ण आयोजना भएकाले यो भवनको निर्माण कार्य समयमै सम्पन्न गर्ने ऐतिहासिक जिम्मेवारी पूरा हुने विश्वास समेत व्यक्त गर्नु भयो । सभामुख सापकोटाले भन्नु भयो, ‘यो भवन चाँडोभन्दा चाँडो सम्पन्न होस् । किनभने हामी अहिले पनि भाडा तिरेर संघीय संसद भवन संचालन गरिरहेका छौैं । हामी चाँडोभन्दा चाँडो आफ्नै भवनमा सर्न चाहन्छौं । समयमै सम्पन्न गर्नका लागि आयोजनाले आफ्नो कामको गति बढाउनु पर्दछ । कोरोनाको प्रतिकूलतालाई चीर्न स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्नु पर्दछ ।’
संघीय संसद सचिवालयले सो भवनको निर्माण कार्य समयमै सम्पन्न गर्न समन्वय गर्नका लागि आवश्यक व्यवस्था मिलाउने पनि जनाएको छ । सभामुख सापकोटाले सो भवन निर्माणका लागि समन्वय गर्न संसद सचिवालयमा पनि जिम्मेवारी तोकिदिने जानकारी दिनु भयो । उहाँले सो भवन निर्माणका लागि आयोजनालाई कुनै समस्या भए आफूले प्रधानमन्त्रीसँग पनि समन्वय गरेर समाधान गरिदिने स्पष्ट पार्नु भयो ।
२० महिना अघिबाट निर्माण सुरु गरिएको सो आयोजनाको लागत करिव ५ अर्व ६७ करोड ६१ हजार अनुमान गरिएको छ । साँढे ३ वर्ष भित्र सम्पन्न गर्ने लक्ष्यका साथ अघि बढाइएको सो भवनको निर्माणका कार्य सोचे अनुसार अघि बढन नसकेको आयोजनाको भनाई छ । कोरोनाका कारण आवश्यक सामग्रीको व्यवस्थापन गर्न नसक्दा भवन निर्माणको काममा ढिलाई हुन गएको आयोजनाका प्रमुख दिलिप शेखर श्रेष्ठले बताउनु भयो ।
सो भवन १७३ रोपनी ८ आना क्षेत्रमा बन्दैछ । यस क्षेत्रमा ८ वटा ब्लकहरु निर्माण हुनेछन । संघीय संसद भवन परिसरभित्र ४ सय सिट क्षमताको प्रतिनिधिसभा, एक सय सिट क्षमताको राष्ट्रियसभा, पुस्तकालय, संग्राहलय, चमेना गृहसहितको व्यवस्था हुनेछ । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: