काठमाडौं । आँखुखोला जलविद्युत् कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले १० लाख ५२ हजार रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको हो । अघिल्लो वर्ष कम्पनी ३ करोड १० लाख रुपैयाँ नोक्सानमा रहेको थियो ।
असार मसान्तसम्म आइपुग्दा आँखुखोलाको विद्युत् बिक्रीबाट हुने आम्दानी भने १४.४४% ले घटेर १९ करोड ३५ लाख रुपैयाँमा झरेको छ । यता कम्पनीको सञ्चालन नाफा १० करोड १२ लाख रुपैयाँबाट बढेर १२ करोड ३५ लाख रुपैयाँ पुगेको छ ।
कम्पनीको अन्य श्रोतबाट हुने आम्दानी पनि ४६ लाख ५७ हजार रुपैयाँले घटेर ९ लाख ३१ हजार रुपैयाँमा सीमित भएको छ । हाल यस कम्पनीको जगेडा कोष २६ करोड २२ लाख रुपैयाँ ऋणात्मक छ भने प्रतिसेयर नेटवर्थ ६२ रुपैयाँ २१ पैसा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्