×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

अपि पावर कम्पनीद्धारा ८ मेगावाट क्षमताको ग्रिडमा आवद्व परवानिपूर सोलार आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले श्रावण २९ गते मेगावाट क्षमताको ग्रिडमा आवद्व परवानिपूर सोलार आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न गरेको छ । आयोनाको लागि कूल आवश्यक पूँजि ६४ करोड रहने र यस आयोजनामा बैंक अफ काठमाण्डौको एकल लगानी ४९.५ करोड रहनेछ । कम्पनीले यो आयोजना परवानीपरमा निर्माण गरि उत्पादित विद्युत परवानिपूर सवस्टेशनमा प्रवाह गर्नेछ ।

यस्तै आयोजनाको वित्तीय व्यवस्थापनमा कम्पनीका तर्फबाट संजिव न्यौपाने र बैंक अफ काठमाण्डूका तर्फबाट अनिल श्रेष्ठले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । आयोजना ६ महिना भित्र सम्पन्न गर्ने लक्ष्य कम्पनीले लिएको छ । कम्पनीले यस अघि ४ महिना भित्र ४ मेगावाट को चन्द्रनिगापूर सोलार आयोजना सम्पन्न गरि ग्रिडमा प्रवाह गरिसकेको छ । कम्पनीले १ मेगावाट क्षमताको सिमरा र १ मेगावाट क्षमताको ढल्केवर सोलार आयोजनाको निर्माण कार्य अन्तिम चरणमा लगेको छ । कम्पनीले ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनाको निर्माण समेत तिव्र रुपमा गरिरहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: