काठमाडौँ । समाचारको विषयलाई लिएर अर्थ सरोकारको सुदूरपश्चिम ब्युरो प्रमुख सुदर्शन श्रेष्ठ, क्यामेरा पर्सन हरी तिवारी तथा फूलवारी खबरका सम्बाददाता झलक दवाडीलाई ज्यान मार्ने धम्की आएपछि नेपाल फोटो पत्रकार महासंघको कैलाली शाखाले त्यसको निन्दा गर्दै विज्ञप्ति जारी गरेको छ । महासंघका कैलाली शाखाका अध्यक्ष पाण्डव पुजाराद्वारा जारी गरिएको विज्ञप्तिमा घटनाप्रति आपत्ति जनाईएको छ ।
सत्य, तथ्य एवम् निष्पक्ष समाचार प्रकाशन गर्नु पत्रकारको दायित्व एवम् जिम्मेवारी रहेको र सूचना पाउनु आम नागरिक सबैको अधिकार भएको उल्लेख गर्दै विज्ञप्तिमा घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउनसमेत कैलाली प्रहरी प्रशासन समक्ष महासंघले माग गरेको छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्