×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अरुण काबेली पावरको ११औं वार्षिक साधारणसभा भदौ २६ गते, १७.८९ प्रतिशत लाभांश पारित गर्ने विशेष प्रस्ताव पेस गरिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

अरुण काबेली पावरको ११औं वार्षिक साधारणसभा भदौ २६ गते, १७.८९ प्रतिशत लाभांश पारित गर्ने विशेष प्रस्ताव पेस गरिने

Artha Sarokar

९ भाद्र २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । अरुण काबेली पावरको ११औं वार्षिक साधारणसभा भदौ २६ गते हुने भएको छ । संस्थाको केन्द्रीय कार्यालय ट्रेड टावर थापाथलीमा बिहान ११ बजेबाट सभा सुरु हुने भएको हो । साभामा १७.८९% लाभांश पारित गर्ने विशेष प्रस्ताव राखिएको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई १७% बोनस सेयर र कर प्रयोजनका लागि ०.८९% लाभांश प्रस्ताव गरेको छ ।
यस्तै बोनस सेयर वितरणपछि कायम चुक्ता पूँजीबाट १ः१ अनुपातमा हकप्रद सेयर निष्कासनका लागि स्वीकृत लिने प्रस्ताव पनि सभामा पेस हुँदैछ । कम्पनीले सभा र लाभांशका लागि भदौ १५ गतेदेखि भदौ २५ गतेसम्म बुक क्लोज गर्ने भएको छ । जसअनुसार कम्पनीले प्रस्ताव गरेको लाभांश सुरक्षित गर्न भदौ १४ गतेसम्म सेयर खरिद गरिसक्नुपर्नेछ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी