×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैतडीमा सवारी कारवाहीबाट २५ लाख राजस्व सङ्कलन, एक वर्षमा ३४ को मृत्यु

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

बैतडीमा सवारी कारवाहीबाट २५ लाख राजस्व सङ्कलन, एक वर्षमा ३४ को मृत्यु

Artha Sarokar

३१ श्रावण २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

बैतडी । सवारी दुर्घटनामा परी जिल्लामा एक वर्षको अवधिमा ३४ जनाले ज्यान गुमाएका छन् । जिल्लाका मुख्य सडक र ग्रामीण सडकमा गरी गत आर्थिक वर्षमा सवारी दुर्घटनामा परी ३४ जनाले ज्यान गुमाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी निरीक्षक बोधराज ओझाका अनुसार गत आर्थिक वर्षमा कात्तिकमा तीन, पुुसमा पाँच, माघमा एक, वैशाख र असारमा दुई/दुई सवारी दुर्घटना भएका छन् । ती सवारी दुर्घटनामा परेर ७८ व्यक्ति घाइते भएका छन् ।

चौध सवारी दुर्घटनामध्ये ११ कच्ची सडकमा भएका छन् । ग्रामीण कच्ची सडकमा बढी दुर्घटना भएको पाइएको छ । ग्रामीण कच्ची सडक गुणस्तरीय नहुनु, मोडमा समस्या हुनु, अनुभवी चालक नहुनुलगायतका कारणले सवारी दुर्घटना बढ्दै गएका छन् ।

सवारी कारवाहीबाट २५ लाख राजस्व सङ्कलन

जिल्लामा गत आर्थिक वर्षमा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधन कारवाहीबाट २५ लाख बढी राजस्व सङ्कलन भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख राजेन्द्र रावलका अनुसार चार हजार ३४३ सवारीसाधन कारवाहीबाट २५ लाख २५ हजार राजस्व सङ्कलन भएको हो ।

गत आर्थिक वर्षमा ८६६ ट्रक, दुई हजार १२१ जिप, कार र भ्यान, ३७४ ट्र्याक्टर, ८३८ मोटरसाइकल, ३० टेम्पो तथा अन्य सवारीसाधन कारवाहीमा परेका हुन् ।-रासस

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी