×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंक अफ काठमाण्डू लिमिटेड नयाँ सुबिधा सार्वजनिक, ग्राहकहरुलाई उत्कृष्ट सेवा तथा सुबिधाहरु उपलब्ध गराउने

GLOBAL IME BANK
SHREE KESH

बैंक अफ काठमाण्डू लिमिटेड नयाँ सुबिधा सार्वजनिक, ग्राहकहरुलाई उत्कृष्ट सेवा तथा सुबिधाहरु उपलब्ध गराउने

६ भाद्र २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले प्रबिधिको उच्चतम् प्रयोग गरी ग्राहकहरुलाई उत्कृष्ट सेवा तथा सुबिधाहरु उपलब्ध गराउने क्रममा कन्ट्याक्टलेस भिसा डेबिट कार्ड सञ्चालनमा ल्याएको छ । Near Field Communication (NFC) मा आधारित उक्त कार्ड NFC युक्त अर्थात ट्याप सुविधा भएको POS मेसिनहरुमा प्रयोग गरी ग्राहकहरुले भुक्तानी गर्न सकिने सुबिधामा आधारित सुबिधा ल्याएको हो । यस प्रविधिमा मेसिन भित्र कार्ड नराखी एउटा सिमित दुरिबाट POS मेसिनमा ट्याप मात्र गरी भुक्तानी गर्न सकिन्छ ।

हालको विश्व महामारीको रुपमा रहेको कोभिड १९ को जोखिममा न्यूनिकरणको लागि यस कन्ट्याक्टलेस कार्डको माध्यमबाट भुक्तानी गर्दा ग्राहकहरुले ब्यक्तिगत दुरी कायम गर्न सहज हुनेछ । हाललाई यस प्रविधिमार्फत ग्राहकहरुले प्रति कारोबार दुई हजार रुपैयाँसम्म कारोबार गर्न सक्नेछन् । बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आईरहेको छ ।

साथै आफ्नो ग्राहकहरुलाई प्रविधिमैत्री सेवा तथा सुविधा उपलब्ध गराउने क्रममा यस बैंकले नयाँ नयाँ प्रविधिको प्रयोग गरी एप तथा वेवबाट प्रयोग गर्न सकिने मोबाईल बैंकिङ, संस्थागत ग्राहकहरुलाई लक्षित गरी इन्टरनेट बैंकिङ, १०० भन्दा बढि स्थानहरुमा छुटको ब्यवस्था सहितको डेबिट तथा क्रेडिट कार्ड, अन्र्तराष्ट्रिय अनलाइन सञ्चारमाध्यमहरु जस्तै  (Free Fire, Prime Video, Walmart, NETFLIX, PUBG, amazon, Alibaba, Google Play Store, Facebook, iCloud, Google) मार्फत सामान तथा सेवा खरिद गरी वार्षिक ५०० अमेरिकी डलरसम्मको भुक्तानी गर्न मिल्ने eCom प्रिपेड कार्ड तथा अन्य ग्राहक मुखी सेवा तथा सुबिधाहरुमार्फत बैंकिङको परिस्कृत अनुभव ग्राहकहरुबीच ल्याइरहेको छ ।

 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: