×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अफगानिस्तानमा बैंकिङ सेवा ठप्प, सामग्रीको मूल्य ह्वात्तै बढ्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

अफगानिस्तानमा बैंकिङ सेवा ठप्प, सामग्रीको मूल्य ह्वात्तै बढ्यो

Artha Sarokar

६ भाद्र २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काबुल । अफगानिस्तानको राजधानी शहर काबुलमा वस्तुको मूल्यमा व्यापक वृद्धि भएको छ भने बैंकिङ सेवा ठप्प भएको पाइएको छ । गत हप्ता तालिबान समूहले देशव्यापी कब्जा जमाएपछि यहाँ देखिएको अनिश्चितताको फाइदा उठाउँदै व्यापारीले वस्तुको मूल्यमा व्यापक वृद्धि भएको छ भने बैंकिङ सेवा ठप्प भएको पाइएको छ ।
खामा प्रेसका अनुसार बैंक बन्द र सबैभन्दा ठूलो पैसा साट्ने बजार साराई शाहजादा बन्द हुँदा काबुलका मानिसले कठिनाइको सामना गरिरहेका छन् । सरकारी अधिकारी तथा अन्य निजी कर्मचारीले पनि आर्थिक समस्याको सामना गरिरहेका छन् किनभने यो महिना समाप्त हुनै लागेको छ र उनीहरूलाई आफ्नो तलबको कुनै छनक छैन ।
बैंकहरू बन्द गर्दा मानिसले आफ्नो बैंक खातामा पैसा भएपनि तिनीहरूले आफ्नो रकम झिक्न बैंकिङ पहुँच प्राप्त गर्न सकिरहेका छैनन् । शनिबारको दिन साराई शाहजादाले एक बयानमा बताएअनुसार मुद्रा सटही बजार केन्द्रीय अफगानिस्तानको केन्द्रीय बैंक, अफगानिस्तान–डे अफगानिस्तान बैंकमा प्रत्यक्षरूपमा निर्भर हुने भएकोले उक्त बैंकले सेवा सञ्चालन पुनःआरम्भ नगरेसम्म बन्द रहने खामा प्रेसले अधिकारीलाई उद्धृत गरी उल्लेख गरेको छ ।
निजी बैंकले अनिश्चितकालका लागि बन्द रहने घोषणा गरेका बेला सरकारी बैंक खुल्नेबारे कुनै औपचारिक घोषणा भएको छैन । गत हप्ता तालिबानले काबुल कब्जा गरेपछि मानिस राष्ट्र छोड्न दौडधुपमा रहेका ले अफगानिस्तानको अवस्था घट्दै गएको छ । अगष्ट १५ मा राष्ट्रपति अररफ गनीले झडप र सुरक्षाको कारण देखाउँदै विदेश पलायन भएपछि अफगानिस्तानमा अहिले सरकारबिहीन अवस्था रहेको छ । -एएनआई
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी