×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

बेनेलीले आफ्नो ११०औं वार्षिकोत्सवको अवसरमा ७५२s को खरिदमा पहिलो तीन जना ग्राहकलाई आकर्षक छुट दिने

काठमाडौं । इटालीयन लेगेसी बेनेलीले आफ्नो ११०औं वार्षिकोत्सवको अवसर पारेर नेपालमा पनि ७५२s को खरिदमा पहिलो तीन जना ग्राहकलाई १ लाख १० हजार आकर्षक छुट दिने भएको छ । यो छुटको व्यवस्था बेनेलीको सबै डिलरहरुबाट लिन सकिनेछ । यो मोटरसाइकल सेतो, रातो, कालो तथा हरियो रङहरुमा उपलब्ध गराईनेछ ।

खेलकुद तथा आकर्षक इतिहास ब्राण्डको अवधारणाको विकासले गर्दा पेसरो सहर प्रख्यात बन्न पुग्यो । बेनेली ७५२s को सिरीजको पुर्नस्थापना गरे पश्चात यो मोटरसाइकल उच्चस्थरका भन्दा मध्यम स्तरीय मोटरसाइकल हो । जसमा बलियो, नेकड, ग्यारेन्टी, विश्वासका साथ आनन्द लिन सकिने भएको छ । गतिशील, ठोस, तथा व्यवस्थित तवरका साथ आधुनिक डिजाईन भएको बेनेली ७५२क धेरैको रोजाई बन्ने पक्का छ । यसको बलियो ट्युब, फ्रेम, र स्टिलको प्लेटको आकार दिएको छ । चारवटा स्ट्रोकको ७५० CC Liquid-Cooled twin cylinder को ईन्जिन, 76 Hp मा 8500 rpm र  67Nm मा  6500 rpm Power and Maximum Torque जडान गरिएको छ । स्थिरता र अटुट विश्वासका यसको अनुभूती गर्न सकिनेछ । प्रत्येक सिलिण्डरमा चारवटा भल्भ भएको र Electric Fuel Injection संग Double Throttle Body रहेको छ । यसैगरी Hydraulic Break,  Brembo  Braking  System, Semi floating Disk, अगाडी Four Piston Calliper तथा पछाडी तीर Double piston floating Calliper, 17 Inch Aluminium Alloy rims, 120/70-17 र 180/55-17  आकारको  tyres, 14.5 litres  क्षमताको ट्याङकी रहेको छ ।

बेनेली इटालीयन ब्राण्डको प्रख्यात मोटरसाइकल कम्पनी हो । सन् १९११ देखिनै प्रत्येक चालकको रोजाई बनेको छ । यी मोटरसाईकलहरुको बजारमा अत्यन्तै माग रहेको हुँदा चालकहरुले पनि आरामदायीको अनुभूती गरेको पाईन्छ । केटिएम इन्टरनेशनल ट्रेडिङ्ग (प्रा.) लि नेपालको एक मात्र आधिकारीक बिक्रेता रहेको छ । सन् २०१६ देखिनै नेपाली बजारमा विभिन्न बेनेली मोडेलका मोटरसाइकलको मागलाई विक्री तथा वितरण गरिरहेको छ । बेनेली मोटरसाइकलले राम्रो माईलेज दिनुका साथै सुहाउदो मूल्यमा मोटरसाइकल तथा पाटपूर्जाहरु सजिलै उपलब्ध गराउदै आएको छ । त्यसैगरी नेपालमा पहिलो पटक बेनेलीको नयाँ मोडल ७५२s को उत्कृष्ट डिजाइनका साथ मिति २०७७ साल चैत्र २५ गते बेनेली शोरुम नक्सालमा उद्घाटन भएको थियो । सधैझै यसले पनि चालकको आवश्यकतालाई मध्यनजर गरिएको हुँदा एउटा नयाँ उत्साह थप्दै आनन्दको अनुभव गराउने छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: