Skip to content
LAXMI SUNRISE BANK

देश बोल्ने फोटो कथा : बनेपामा कोरोनाको खोप लगाउनेको उदेकलाग्दो भिड, निषेधाज्ञा भएपछी अर्घाखाँची पुन: सुनसान

अर्थ सरोकार

काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–५ घोकेचौरस्थित हिमालय मावि खोप केन्द्रमा मङ्गलबार कोरोना भाइरसको खोप लगाउँन आएका स्थानीयवासीको भिडदेखि अर्घाखाँचीमा शनिबार रातिदेखि साउन ३० गतेसम्म निषेधाज्ञा लागु भएपछी सुनसान बनेकोसम्मका तस्विरलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–५ घोकेचौरस्थित हिमालय मावि खोप केन्द्रमा मङ्गलबार कोरोना भाइरसको खोप लगाउँन आएका स्थानीयवासी ।
अर्घाखाँचीमा शनिबार रातिदेखि साउन ३० गतेसम्म निषेधाज्ञा लागु भएको छ । निषेधाज्ञाको प्रभावले अर्घाखाँची जिल्ला सुनसान जस्तै भएको छ ।
मेलम्ची खोलामा आएको बाढीले सोमबार राति मेलम्ची–११ का बगाएको पुरानो बजारका घर । बाढीले गत असार १ गते कटान गरेको सात घर बगाएको छ।

राष्ट्रिय ट्रमा सेन्टरमा इनोभेटिभ एचआर सोलुशन प्रालिका कर्मचारी सरसफाइ गर्दै ।

सङ्खुवासभाको चैनपुर नगरपालिका –२ चित्लाङकी २१ बर्षीया गर्भवती अनिता विकलाई प्रसूतिका लागि स्टेचरमा बोकेर स्वास्थ्य चौकी सिद्धपोखरी लैजाँदै स्थानीयवासी । केही दिनदेखि लगातार वर्षाका कारण सडक अवरुद्ध भएपछि एम्बुलेन्स सञ्चालन हुनसकेको छैन ।

पोखरा महानगरपालिका वडा नं २६ स्थित लेखनाथको खाष्टे तालमा माछा आहारा चियाउँदै बकुल्लाहरु ।

डडेल्धुरा अमरगढी नगरपालिका वडा नं ५ सेलगाउँका युवा व्यावसायी गणेशप्रसाद अवस्थीले ह्याचरी मेसिन ल्याइ डडेल्धुरामा नै अव कुखुराको चल्ला उत्पादन शुरु गरेका छन् ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय ताप्लेजुङको खाद्य गोदाममा चालम विक्रीका लागि नाप तौल गर्दै कर्मचारी ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK