×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रदेश नं १ मा बढ्यो सार्वजनिक सवारीसाधनको भाडा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

प्रदेश नं १ मा बढ्यो सार्वजनिक सवारीसाधनको भाडा

Artha Sarokar

३ भाद्र २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

विराटनगर । प्रदेश नं १ सरकारले प्रदेशस्तरमा चल्ने सार्वजनिक सवारीसाधनको भाडादर वृद्धि गर्ने निर्णय गरेको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयले यात्रुवाहक सवारीसाधनमा २२ प्रतिशत, तराईको बाटोमा मालवाहकमा २३ प्रतिशत र पहाडी बाटोमा मालवाहकमा १६ प्रतिशत भाडादर वृद्धि गरेको मन्त्रालयका महाशाखा प्रमुख रामप्रसाद फुँयालद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।
प्रदेशभित्रका विभिन्न रुटमा सञ्चालन हुने सार्वजनिक यातायातका सवारीको भाडादर मन्त्रालयको यही भदौ १ गते बसेको मन्त्रिस्तरीय बैठकले निर्णय गरी सोही मितिदेखि लागू हुने सूचनामा उल्लेख गरिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी