×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ढुंगानाको अर्को घुस प्रकरण : बैंकलाई ब्रोकर लाइसेन्स नदिन करोडौं असुली गरेको केसबारे अख्तियारले थाल्यो अनुसन्धान

PRIME CA
GLOBAL IME BANK

ढुंगानाको अर्को घुस प्रकरण : बैंकलाई ब्रोकर लाइसेन्स नदिन करोडौं असुली गरेको केसबारे अख्तियारले थाल्यो अनुसन्धान

८ भाद्र २०७८, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । सर्वोत्तम सिमेन्ट प्रकरणमा विवादमा मुछिएका नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्म राज ढुंगाना पुन: अर्को विवादमा तानिएका छन्। बैंकलाई ब्रोकर लाइसेन्स नदिन ढुंगानाले ब्रोकरहरुबाट करोडौं रुपैयाँ असुल गरेकोबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीउपर छानविन सुरु भएपछी उनी थप विवादमा तानिएका हुन् । केहि समय अगाडी धितोपत्र बोर्डकै कर्मचारीले आयोगमा बैंकका भगिनी संस्थालाई ब्रोकर लाइसेन्स रोक्न ५० वटा ब्रोकरमा प्रत्येक ब्रोकरबाट २ करोडका दरले पैसा उठाएको भन्दै उजुरी गरेका थिए । सी-०३५०७४र२०७८–३–२ नम्बरको उजुरीउपर छानविन सुरु गरिएको अख्तियार स्रोतले जनाएको छ ।

‘उहाँ (ढुंगाना)लाई कारवाही गर्न अर्थ समितिले निर्देशन दिइसकेको छ । संभवत: उहाँले पदबाट राजिनामा दिइहाल्ने स्थिति उत्पन्न हुनसक्छ । त्यसैले उहाँबारे उठेको प्रश्नबारे थप अनुसन्धान गरिहाल्नुपर्ने भएकाले सो प्रकरणमा उनीमाथि अनुसन्धान सुरु भईसकेको छ ।’ अख्तियार स्रोतले अर्थ सरोकारसँग भन्यो, ‘प्रक्रिया सुरु भईसकेको छ । छिट्टै नै निष्कर्ष निस्किएला ।’

यता धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाले भने आफ्ना विरोधीहरुले यस्तो उजुरी गरेको हुनसक्ने दाबी गरेका छन् ।

यसअघि उनले गरेको भ्रष्टाचारको छानविन गरी पाउँ भनी अख्तियारमा उजुरी परेको थियो । त्यसको केहि दिन लगत्तै उनले सर्वोत्तम सिमेन्ट प्रकरणमा गोल्डेन सेयर लिएको प्रकरण बाहिरिएको थियो । सो प्रकरणमा उनलाई कारवाही गर्न अर्थ समितिले नेपाल सरकारका नाममा निर्देशन दिइसकेको छ । संभवत: उनले केहि दिनमै राजीनामा दिनेछन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: