काठमाडौँ । सर्वोत्तम सिमेन्ट प्रकरणमा नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनले धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानालाई कारवाही गर्न माग गरेको छ । युनियनले निष्कासन हुनु अगावै सर्वोत्तम सिमेन्टको सेयर खरिद गरेको विषयमा छानविन गरी अध्यक्ष ढुंगाना र सञ्चालक चन्द्र प्रसाद ढकाललगायतलाई कारवाही गर्न माग गरेको हो ।नेपालको पूँजी बजार तथा वस्तु विनिमय बजारको नियामक निकायको रुपमा रहेको, नेपाल सरकारबाट जारी धितोपत्र ऐनबाट स्थापित, गहन जिम्मेवारी बोकेको एक विशिष्ट प्रकृतिको संस्था हो। करिब देशको कूल ग्राहस्थ उत्पादन जत्तिको बजार पूँजीकरण भएको देशको धितोपत्र बजारको नियामक निकाय स्वच्छ, पारदर्शी, गतिशिल र लगानीकर्ताको हित संरक्षणमा उद्दत हुनुपर्छ भन्ने कुरामा दुइ मत हुनै सक्दैन युनियनले जारी विज्ञप्तिमा उल्लेख छ ।
धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ७(२) मा अध्यक्षको नियुक्ति गर्दा कम्तीमा स्नातकोत्तर उपाधी हासिल गरी धितोपत्र बजार व्यवस्थापन, पूँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानून क्षेत्रमा कम्तीमा सात बर्ष काम गरेका लब्ध प्रतिष्ठित व्यक्तिहरु मध्ये उपयुक्त व्यक्तिलाई अध्यक्षको पदमा नियुक्ति गर्नेछ भनेर उल्लेख गरिएकोमा अध्यक्षका रुपमा नियुक्त व्यक्तिले बोर्डको अध्यक्षका रुपमा रहदा आफ्नो लब्ध प्रतिष्ठा र बोर्डको गरिमालाई कायम राख्न नसकेको आरोप युनियनको छ । धितोपत्र ऐन २०६३ को प्रस्तावना मै उल्लेख गरिए अनुसार पूँजी बजारको विकास र लगानीकर्ताको हित संरक्षणको मुल मर्म अनुसार बोर्डको नेतृत्व एवं संचालकहरुले कार्य गर्नुपर्नेमा सो नगरी संस्थाको गरिमामा आँच आउने कार्य गर्न छुट नरहने युनियनको धारणा छ ।
यस्तै धितोपत्र ऐनको प्रारम्भिक खण्डको दफा २ परिभाषामा धितोपत्र र निष्काशन जस्ता शब्दको परिभाषाले संस्थापकलाई जारी गरिएको धितोपत्रलाई समेत जनाउने र बोर्डको कार्यक्षेत्र भित्रै पर्ने हुँदा, संचार माध्यममा आएका बिषयले बोर्ड अध्यक्षको इमान्दारिता, कानूनी प्रावधान, आचार संहिता अनुसार गम्भिर नैतिक पतन भएको देखिएको कर्मचारी युनियनको भनाई छ ।
‘करिब ३८ लाख लगानीकर्ताको सम्पत्ति एवं झण्डै देशको कूल ग्राहस्थ उत्पादन बराबरको बजार पूँजीकरण भएको देशको धितोपत्र बजार संरक्षण गर्दै पूँजीबजारको नियामक निकाय धितोपत्र बोर्डको संस्थागत गरिमालाई आँच आउन नदिन, उक्त कार्यमा संलग्नहरुलाई तत्काल निलम्बन गरी ऐनको दफा ७(७), १२, ९१ र ९२ तथा अन्य विद्यमान कानूनका आधारमा सम्बन्धित तत् निकायले बजारको पारदर्शिता र स्वच्छता कायम राख्नका लागि अविलम्ब छानविन कार्य अगाडि बढाई दोषी देखिएकालाई हदैसम्मको कारवाही गर्न यस नेपाल धितोपत्र बोर्डको आधिकारिक कर्मचारी यूनियन जोडदार माग गर्दछौं।’ विज्ञप्तिमा उल्लेख छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्