काठमाडौँ । सरकारले कृष्ण जन्मअष्टमीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज बिहिबार सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले भदौ १४ गते कृष्ण जन्मअष्टमीमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले कृष्ण जन्मअष्टमीका साथै गाईजात्रामा नेवार समुदायका लागि देशैभर बिदा दिने निर्णय गरेको बताएका हुन् । यसअघि काठमाडौं उपत्यकाभित्र मात्र गाईजात्रामा बिदा हुने गरेकोमा नेवार समुदायका लागि देशैभर उक्त दिन बिदा दिने निर्णय भएको हो ।