×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बिफिनले ९ पदका लागि माग्यो कर्मचारी, यस्तो छ आवश्यक योग्यता र अनुभव (भ्याकेन्सी नोटसहित)

काठमाडौं । बैंकिङ फाइनान्स र इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल (बिफिन) ले कर्मचारीको माग गरेको छ । विफिनले बुधबार एक सूचना जारी गर्दै विभिन्न ९ वटा पदका लागि कर्मचारीको माग गरेको हो । जसमा इन्स्योरेन्सका तर्फबाट सीइओ १ जना, डीसीइओ १ जना, मार्केटिङ ३ जना र डिजिटल सेल्स सिनियर असिस्टेन्ट १ जना माग गरिएको छ ।

यस्तै इमर्जिङ्ग नेपालको तर्फबाट सीइओ एक जना र २ जना असिस्टेन्ट, बिफिनकै तर्फबाट १ जना डेभलपमेन्ट डाइरेक्टर, इन्भेष्टमेन्ट कम्पनीको तर्फबाट २ जना चार्टर्ड एकाउन्टेण्ड र ३ जना रिसेप्शनिस्ट माग गरिएको छ ।योग्यता पुगेका इच्छुकले बिफिनको आधिकारी वेव साइटमार्फत् साउन २८ गतेसम्म आवेदन दिन सक्नेछन् ।

हेर्नुहोस् भ्याकेन्सी नोटिस :

बिफिनले बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित तालिम, गोष्ठी तथा सेमिनार आयोजना गरी कर्मचारीहरुको सिप, ज्ञान तथा दक्षता अभिवृद्धि गर्दै आएको छ । साथै कम्पनीले वित्तीय क्षेत्रसँग सम्बन्धित बिषयमा अनुसन्धान गर्ने तथा परामर्श सेवा प्रदान गर्ने, राष्ट्रिय तथा अन्तराष्ट्रिय शैक्षिक संस्थाहरुसँग आवद्ध गरी विभिन्न किसिमका मान्यताप्राप्त शैक्षिक कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: