काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७२ हजार घुस लिएको अभियोगमा बुढानिलकण्ठ नगरपालिकाका सब-इन्जिनीयर विनोद कुमार पौडेललाई पक्राउ गरेको छ ।
आयोगका प्रवक्ता नारायण प्रसाद रिसालका अनुसार सडक निर्माणको ठेक्का सम्झौताबमोजिम कार्य सम्पन्न भई भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा बुढानिलकण्ठस्थित एक होटलबाट आज पक्राउ गरिएको हो । आरोपी सबइन्जिनीयर पौडेलको थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।