Skip to content
LAXMI SUNRISE BANK

जनरल सेक्टरमा बोटलर्स नेपालको वित्तीय प्रतिवेदन सर्वोत्कृष्ट, चिलिमे हाइड्रोपावर र नेपाल क्लियरिङ हाउसले पनि अवार्ड पाए

अर्थ सरोकार

काठमाडौँ । नेपाली लेखा व्यवसायीहरुको नियमनकारी निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था(आईक्यान)ले प्रत्येक बर्ष वितरण गर्ने बेष्ट प्रिजेन्टेड एनुअल रिपोर्ट (बिपीए) मा जनरल सेक्टरतर्फको सर्वोत्कृष्ट अवार्ड बोटलर्स नेपालले पाएको छ भने सो विधामा  चिलिमे हाइड्रोपावर र नेपाल क्लियरिङ हाउस विधागत फर्ष्ट रनरअप भएका छन् ।

सोहि अवार्डमा फाइनान्सियल सेक्टरअन्तर्गतको सर्वोत्कृष्ट वित्तीय प्रतिवेदन प्रस्तुत गरेर मुक्तिनाथ विकास बैंकले अवार्ड हात पारेको छ भने सो विधामा लुम्बिनी बिकास बैंक फर्ष्ट रनरअप भएको छ । आईक्यानले सन् २००३ देखि यो अवार्ड वितरण गर्दै आएको छ ।

होटल रेडिसनमा आयोजित एक कार्यक्रमका बीच आइक्यानका अध्यक्ष सिए मदन शर्माले बिजयीहरुलाई सो अवार्ड प्रदान गरेका हुन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK