सल्यान । नेपालमा बैंकिङ सेवाका ठुला, ठुला कुरा हुन्छन् । सबैजसो स्थानीय तहमा बैंक पुग्यो भनेर खुब डम्फु फुकिन्छ । तर यहि देशमा यस्ता उदाहरणहरु पनि भेटिन थालेका छन्, जहाँ बृद्धभत्ता लिन नागरिकहरु घन्टौं हिंडेर बैंक आउँछन् अनि हिड्न नसकेर बाटोमै बित्छन् । त्यस्तै एउटा नमिठो घटना सल्यानमा घटेको छ । सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा ४ निवासि ६७ वर्षिय मेघे कामी बृद्धभत्ता लिन भनेर घन्टौं हिंडेर स्थानीय लक्ष्मी बैंकको कार्यालयसम्म आइपुगे । तर भत्ता लिएर फर्किंदै गर्दा निकै थाकेका उनी हिड्नै नसकेर बिते ।
स्थानीय वडा-४ को देउली देखि भत्ता बुझ्नका लागि सल्लीबजार आएका उनी भत्ता बुझेर घर फर्कंदै गर्दा सार्है गार्हो भएपछी आफन्तको घरमा बास बसेका थिए र त्यहीं उनको मृत्यु भएको थियो । भत्ता वुझेर घर फर्कने क्रममै आफ्नतको घरमा वास वसेका वृद्धको सोहि ठाउँमा मृत्यु भएको आफन्त चित्रवहादुर विकले बताएका छन् । ‘उहाँ हिड्न नसक्ने अवस्थामा हुनुहुन्थ्यो । धेरै ठाउँमा हिड्न नसकेर बीचबीचमा बास पनि बस्नुभएको रहेछ । अन्तत: उहाँ रहनुभएन ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै उनले भने, ‘भत्ताकै लागि भत्ताकै लागि दुईदिन सल्लीबजार वसेर सल्यान सल्लिवजारमा रहेको लक्ष्मि बैंकबाट भत्ता वुझेर उनी घर फर्केका थिए ।’
गाउँमा उनी धामी बाजेको नामले प्रख्यात थिए । उनको अनत्यष्ठि हुँदै गर्दा अधिकांसले नेपाली बैंकिङको झुर सेवाका कारण कामीको निधन भएको निष्कर्ष निकालेका थिए ।
यसअघि पनि सिन्धु बिकास बैंकमा बृद्ध भत्ता लिन आमालाई छोराहरुले बोकेरै बैंकसम्म पुर्याएको घटना बाहिरिएको थियो भने नेपाल एसबिआइ बैंकको एक शाखामा बृद्धभत्ता लिन लाइन बस्दा बस्दै बृद्धको मृत्यु भएको तथ्य बाहिरिएको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्