×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुद्ध एयरले थाल्यो नेपालगन्ज-पोखरा सिधा हवाइ उडान, सातामा तीन दिन नियमित उडान हुने (भिडियो रिपोर्ट)

PRIME CA

बुद्ध एयरले थाल्यो नेपालगन्ज-पोखरा सिधा हवाइ उडान, सातामा तीन दिन नियमित उडान हुने (भिडियो रिपोर्ट)

१८ श्रावण २०७८, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

पोखरा । पर्यटन प्रर्बद्धन विकासका लागि बुद्ध एयरले साताको ३ दिन नेपालगन्ज पोखरा उडान सुरु गरेको छ । पश्चिम क्षेत्रको बाँके र बर्दियालाई र पोखरा लक्षित गरि उडान शुरु गरिएको हो । बुद्ध एयरको उडान नं. ४६२ ले नेपालगन्जबाट पोखरा जाने यात्रु सहित उडान भरेको छ । नेपालगन्ज बासीको बर्षौदेखि प्रतिक्षारत नेपालगन्ज-पोखरा उडान सुरु भएको छ । पर्यटन प्रर्बद्धनमा नेपालगन्जका लागि निकै उपयोगी मानिएको यो उडानमा आउने र जाने यात्रुलाई भब्य स्वागत गरिएको छ । अबिर र गम्छा सहित स्वागत गर्न पर्यटन प्रर्बद्धनमा सक्रिय रहेका नेपालगन्जका अगुवाहरु एयरपोर्ट पुगेका थिए । पहिलो चरणमा सातामा ३ उडान सुरु गर्न लागिएको वुद्ध एयर नेपालगञ्जका प्रबन्धक विनित शाहले जानकारी दिए ।

नेपालगञ्ज-पोखरा उडानको एकतर्फी भाँडा, न्यूनतम चार हजार ९३५, मध्यम पाँच हजार ५३५ र अधिकतम पाँच हजार ९३५ भाँडा तीन किसिमको छ । यात्रुहरुको चापका आधारमा निकट भविष्यमा दैनिक पनि हवाई उडान हुन सक्ने वुद्ध एयरले बताएको छ । भारतीय पर्यटकलाई लक्षित गरी नेपालगञ्ज-पोखरा हवाई उडान सुरु गरिएको छ । यसअघि दोश्रोपटक निषेधाज्ञा सुरु हुनुभन्दा पहिले नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्सी बाँकेले सीता एयरसँग समन्वयमा जहाज लिएर चार्टड उडान गर्दै आएको थियो । पोखरा देखि नेपालगन्ज सजिलै र यो उडान अति नै अवश्यक रहेको यात्री गोविन्द झाले बताउनु भयो ।

नेपालगञ्ज नजिक भारतको ठुलो शहर लखनउ पर्दछ । भारतीय राजधानी नयाँ दिल्लीका पर्यटकका लागि समेत पोखरा पुग्न नेपालगञ्जबाट सहज हुन्छ । नेपालगन्ज पोखरा पहिलो उडान भर्न लागेका क्याप्टेन मनिस पुनले पोखराबाट ३४ मिनेटमा नेपालगन्ज आइपुगेको बताउनु भयो । नेपालगन्ज देखि पोखरा को उडान समय पनि ३५ देखि ४० मिनेटको हुन सक्ने क्याप्टेन पुनले बताउनु भयो । उडानको शुरुवात भएकोमा खुसी हुदै नेपालगंजका ब्याबसायीले यात्रु, बिमानका पाईलट सहितका कर्मचारीलाई स्वागत गरे बुद्ध एयरले उडानसंगै टुर प्याकेज समेत सार्वजनिक गरेको छ । बुद्ध एयरले सार्वजनिक गरेको टुर प्याकेजमा बर्दियामा पोखराबाट आउनेका लागि २ दिन ३ राहतको योजना छ । योजना रु १० हजार ९ सय ९९ बाट सुरु हुन्छ । त्यस्तै नेपालगन्जबाट पोखराका लागि पनि त्यस्तै योजना रु १३ हजर ४ सय ९९ बाट शुरु भएको छ । हेर्नुहोस् भिडियोः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: