Skip to content
LAXMI SUNRISE BANK

१६ हजार ९३२ जना आवेदकले भरे बुद्धभूमि नेपालको आइपीओ, न्यूनतम १० कित्तादेखि आवेदन दिन पाईने

अर्थ सरोकार

काठमाडौं । बुद्धभुमि नेपाल हाईड्रोपावर कम्पनीको आईपीओमा १६ हजार ९३२ जनाले आवेदन दिएका छन् । बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेडले भदौ १० गतेसम्ममा १६ हजारले ९३२ जना आवेदकहरुबाट १२ लाख ३० हजार ७७० कित्ताका लागि १२ करोड ३० लाख ७७ हजार बराबरको आवेदन परेको हो ।
कम्पनीले श्रावण ३२ गतेदेखि आयोजना प्रभावित नुवाकोट जिल्लाका स्थानीय बासिन्दाहरुका लागि सेयर बिक्री खुला गरेको थियो । कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यका कुल ४ लाख कित्ता साधारण सेयर निष्कासन गरेको हो । हालसम्म निष्काशित सेयरको १८० प्रतिशत बराबरको सेयर बिक्री भइसकेको छ ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।नुवाकोटमा रहेको ज्योति विकास बैंकको शाखा, प्रभु बैंकको शाखा र सिभिल बैंकको शाखाबाट सो कम्पनीको आइपीओमा आवेदन दिन सकिनेछ भने लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फतबाट पनि सेयर भर्न सक्नेछन् । रेटिङ एजेन्सी इक्रा नेपालले बुद्धभूमिको आइपीओलाई औसत भन्दा कम आधार जनाउने ‘ग्रेड ४ प्लस’ रेटिङ दिएको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK